यसरी जनप्रतिनिधिलाई फूल बे’च्न भ्या’इनभ्याइ
काठमाडौँ । हेटौंडा उपमहानगरपालिका–१२ का वडाध्यक्ष ललित घलान जनप्रतिनिधिसँगै एक कर्म’शील किसान पनि हुन्। वडा कार्यालयको काम सकेपछि उनी आफ्नै बारीमा व्यस्त हुन्छन्। जनताको कामको चटारोसँगै फूल बेच्न भ्या’इनभ्याइ छ उनलाई।
गत वर्षदेखि पहिलोपटक व्यावसायीक पुष्पखेती सुरू गरेका उनलाई यो तिहारको लागि मात्र तीन लाख बढी फूल थुंगाको माग आइसकेको छ।
दिउसो वडा कार्यालयको काम सक्नेबित्तिकै उनी अन्त कतै नअल्मलिएर सिँधै घर पुग्छन्। बिहान बेलुका फूलबारीमै भेटिन्छन्। यस वर्ष उनले ३ ठाउँमा ५ कट्ठा जमिनमा फूलखेती गरेका छन्। ‘हामीले गरेको कामबाट नै जनताले सिक्ने हुन्।
काम गरेर पनि देखाउनुपर्छ भन्ने सोँचले गत वर्षदेखि यो काम सुरू गरेँ। यसवर्ष अन्य किसान पनि फूलखेतीमा लागेका छन्’, उनले भने, ‘बजारको स’मस्या छैन। घरपरिवार पाल्ने खर्च फूल बिक्रीबाटै आउँछ।’
तीन नम्बर प्रदेशको राजधानी हेटौंडामा हुने प्रायः प्रदेश स्तरिय कार्यक्रम, सहकारी तथा संघ संस्थाको कार्यक्रममा प्रयोग हुने माला घलानले नै उपलब्ध गराउँछन्। तिहारका लागि मात्रै दुई लाख बढी रुपैयाँको सयपत्री फूल बिक्री गरेको उनले बताए।
वर्षभरी नै बिक्री हुने भएकाले अन्य व्यावसायभन्दा फूलखेती नै फाइदाजनक भएको अध्यक्ष घलान बताउँछन्। सयपत्रीको प्रतिमाला ८० रुपैयाँदेखि एक सयसम्ममा बिक्री हुँदै आएको छ। एक मालामा ३० सम्म फूल उन्ने गरिएको छ। यो समाचार अन्नपूर्णपोष्ट दैनिक छ ।


