दलका नेतालाई सिस्नुपानी नेपालको व्यङ्ग्य – ‘चीनका एटिम चो’रहरुले नेपाली दुबो चो’रबाट धेरै कुरा सिक्न सक्छन्’

काठमाडौं । घरको अगाडि भव्य द्वार बनाइएको थियो। गेटबाट छिरेपछि एउटा सानो खरको छानोसितको घर पुगिन्थ्यो। घरलाई झिलीमिलीले बत्तीले सिङ्गारिको थियो। छानामा दुई वटा फर्सी राखिएका थिए। फर्सीको छेउमै कुखुराको भाले बसेको देखिन्थ्यो।

आँगनी रङ्गोलीले सजिएको थियो। घरको पछाडिपट्टि मकैको सिल राखिएको थियो। नजीकै सेतो हिमाल टलक्क टल्किएको थियो। मजेरीमा गुद्री बिछ्याइएको थियो। घरलाई वरिपरि फूलले सजाइएको थियो। त्यहाँ एउटा मादल पनि राखिएको थियो। त्यही घरमा आज लक्ष्मी पूजाको दिन घरबेटीले देउसी–भैलोलाई कुरिरहेका थिए।

प्रज्ञा–सिस्नुपानीको टोलीले सोही घरमा आज देउसी–भैलो कार्यक्रम गर्यो। देउसीको शुरुमा हिमाल, पहाड, तराई, विभिन्न जातजाति, वेशभूषालाई समेटिएको सिङ्गो नेपाल झल्काउने नृत्य प्रस्तुत गरियो। त्यसपछि कवि अर्जुन पराजुलीले ‘गाउँ किन जानु’ शीर्षकको राजनीतिक दलका नेताहरुलाई व्यङ्ग्य गरिएको कविता प्रस्तुत गरियो। सो कविता प्रस्तुत गर्दैगर्दा भैलोको माहोलमा दर्शक मग्न देखिन्थे।

त्यसपछि कलाकार मनोज गजुरेलले जोशीको भेषमा नेताहरुलाई व्यङ्ग्य गर्दै देउसी भट्टाउँदै आँगनमा आइपुगे। उनले नेताहरुलाई व्यङ्ग्य गर्दागर्दा राजनीतिक दलका नेताहरु मुस्कुराउँदै थिए भने दर्शकदीर्घाबाट भने ताली बर्सिएका थिए। त्यसपछि संस्थाका अध्यक्ष लक्ष्मण गाम्नागे, व्यङ्ग्यकवि अर्जुन पराजुली, कलाकारहरु देवी घिमिरे, थरेन्द्र बराल, टङ्क आचार्य र माणिकरत्न शाक्य, नरनाथ लुइँटेल, चट्याङ मास्टर, हरिकला उप्रेती र गोविन्दबाबु तिवारी लगायतको टोलीले देउसी भैलो शुरु ग¥यो। देउसी भैलोले सुनकाण्ड, ह्वाइड बडीलगातका काण्डलाई व्यङ्ग्य गरिरहँदा दर्शकदीर्घामा झन् हाँसो मच्चिएको थियो।

भैलो खेल्दाखेल्दै चिनियाँ राष्ट्रपति सी चिनफिङको ‘क्यारिकेचर’ गर्दै मनोज गजुरेल र प्रधानमन्त्री केपी शर्मा ओलीको क्यारिकेचर गर्दै सीताराम कट्टेल (धुर्मुस) आँगनमा आइपुगे। राष्ट्रपति चिनफिङ र प्रधानमन्त्री ओलीबीच केही बेर वार्तालाप गरे। चीनका राष्ट्रपतिले नेपालका प्रधानमन्त्रीलाई खेलौनाको रेल र पानी जहाज दिँदै गर्दा भने दर्शकको हाँसो थामिएन। ब्यङ्ग्यमा नाटकीय रुपमा चीनका राष्ट्रपति सी चिनफिङले नेपालले कमसल बगैँचा बनाएको भन्दै त्यहाँ रोपिएको दुबोको चकटी चोरिएको प्रति व्यङ्ग्य गर्दै भनियो, ‘मेड इन नेपाल, आज रोप्यो भोली खुइलियो कपाल, चीनका एटिम चोरहरुले नेपाली दुबो चोरबाट धेरै कुरा सिक्न सक्छन् ।’

यसरी देउसी भैलोमार्फत सिस्नुपानी नेपालले समाजका विकृति र विसङ्गतिलाई व्यङ्ग्यात्मक ढङ्गबाट प्रस्तु गर्दै हँसाउन थालेको २१ वर्ष भयो। नेपाली हास्यव्यङ्ग्य साहित्यलाई उचाइ दिन २०५५ सालमा स्थापना भएको सिस्नुपानी नेपालले देउसी भैलो खेलेर सरकार र प्रशासनलाई कडा रुपमा खबरदारी गर्दै आएको छ।

सोही देउसी भैलोलाई उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देउसी भैलोले नेतालाई जनताको पक्षमा काम गर्नका लागि सचेत गराएको बताए। उनले नेपाली जनताले निरङ्कुशता वा राणाशासन कुनै पनि समयमा हार्न नजानेको भन्दै वर्तमान सरकारले भ्रष्टाचार अन्त्य गर्दै सबै खालका विकृति–विसङ्गतिको अन्त्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। उनले भने, “मँ भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ, देश तीव्र गतिमा बन्छ, सुन तस्करी र भ्रष्टाचारीहरु समातिएको छ र समातिँदै छन्।”

त्यसैगरी नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिस्नुपानी नेपालले आयोजना गरेको देउसी भैलोले समाजका विकृति–विसङ्गति हटाउँदै समाजलाई सकारात्मक बाटोमा परिवर्तन गर्ने प्रयास गरेको टिप्पणी गरे। “यहाँ भैलोमा प्रस्तुत गरिएको व्यङ्ग्यात्मक विषयवस्तु सबैले पचाउन सक्नुपर्छ नेता भएपछि फूलको माला मात्र होइन, जुत्ताको माला पनि लाउनुपर्छ,” उनले भने।

देउसी भैलो हेर्नका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङ, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र नागरिक उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराईलगायत संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखहरु, उच्चपदस्थ कर्मचारी लगायतको उपस्थिति रहेको थियो। सो देउसी भैलोबाट सङ्कलन गरिएको केही रकम प्रज्ञा–प्रतिष्ठान, स्रष्टा उपचार कोषमा जम्मा गरिने आयोजकले जनाएको छ। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।