रोप्ने बेलामा ख’डेरी र पाक्ने बेलामा व’र्षाद, खानेबेला भो’कमरी

काठमाडौं । वर्षेनी बाजुरामा भो’कमरी त भईरहन्छ नै, यो भने कात्तिकमै भो’कमरी हुने भएपछि यहाँका किसानहरु चि’न्तीत भएका छन् ।

जिल्लाका बुढीगंगा नदी वारपार बाहेकका खेतहरुमा आकाशे पानीको भरमा खेती गरिन्छ । जिल्लाका सबैजसो ठाउमा जेठदेखि असाढ र साउन महिनामा धान रोपिन्छ ।

साउनसम्म जेनतेन धान खेती रोपीसकेपछि भदौमा झारपात निकाल्ने गरिन्छ अनि असोज र कात्तिकको महिनामा भित्र्याएर सकिन्छ । तर यो वर्ष भने जेठमा रोपिएको धान खेती पनि लगातारको वर्षाका कारण असोज महिनाबाट काट्न सुरु गरिएकाले फलेको धान जती सबै माटोमा मिसिएको छ ।

गाईगोरुको लागि प्रयोग हुने पराल पनि सबै कुहिएर नष्ट छ जसका कारण यो वर्ष आफ्नो परिवारलाई विहान बेलुकाको छाक टार्न मुस्कील भएको बताउनु हुन्छ, मार्तडीका कला थापा ।

कला मात्रै होईन यहाँ किसानलाई यतिखेर धान काट्ने चटारो छ तर विहान बेलुकाको भात भने खाद्यन्नको किनेर खादै आएका छन् । धान रोप्ने बेलामा खडेरी र पाक्ने बेलामा वर्षाद हुदा खेतमा लगाएको सबै धान र पराल कु’हिएर न’ष्ट भएको उनको भनाई छ । यो समाचार राजधानी दैनिकले लेखेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖