टेनिस खेल्दाखेल्दै राप्रपा अध्यक्ष कमल थापा घा’इते

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापा टेनिस खेल्ने क्रममा घाइते भएका छन् । चीनको सेञ्जेन सहरमा आयोजित आइटिएफ सेञ्जेन इन्टरनेसनल सिनियर सर्किट २०१९ मा सहभागी थापा खेलको क्रममा घा’इते भएका हुन् ।

थापाको स्वास्थ्यमा समस्या आएपछि खेल बीचमै छोड्नु परेको थियो । थापाले पहिलो खेलमा ३–० ले जितेका थिए । दोस्रो खेलमा खुट्टाको तन्किएपछि खेल्न समस्या भएको थियो । यति हुँदाहुँदै पनि खेलिरहेका थापाको शरीरमा दुखाइ ढाडसम्म पुगेपछि उनले खेल्न छोडे ।

अहिले अध्यक्ष थापाको अवस्था सामान्य रहेको र आराम गर्न डाक्टरले सुझाएको बताइएको छ । अध्यक्ष थापा उक्त खेलमा भाग लिन गत ८ गते चीन गएका थिए । उनी बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।