भोलिबाट पाख्रीवास देखी काठमाण्डौ सम्म बस सञ्चालन हुँदै
हिलेवाट पाख्रीवास रिनटिन डाडा सम्मको सडक मर्मत गरियो
धनकुटा खबर, कार्तिक १३ । हिले लेगुवा सडकखण्ड अन्र्तगत हिलेवाट पाख्रीवास रिनटिन डाडा सम्मको सडक आज मर्मत गरिएको छ ।
पाख्रीवासको पर्यटकीय स्थलमा आउने पर्यटक र अन्य यात्रुहरुको आवत जावत सुविधालाई ध्यान दिदै र भोलिवाट पाख्रीवास देखी काठमाण्डौ सम्मको दुई वटा वस सञ्चालन हुने भएको ले यो सडक मर्मत गरिएको पाख्रीवास ४ का वडाध्यक्ष तथा दैवि प्रकोप उद्धार समिति पाख्रीवासका संयोजक शोवित निरौलाले जानकारी दिनुभयो ।
सडक मर्मतका कार्य दैवी प्रकोप उद्धार समितिकै सक्रियतामा गरिएको उहाँले वताउनुभयो । सडक मर्मत आरम्भ गरिरहदा धनकुटा नगरपालिका १ का अध्यक्ष निरेन तामाङ,नेकपा पाख्रीवास नगर सचिव मुक्ती वजगाई लगायतको उपस्थिती थियो ।



