भू’कम्प पी’डितलाई स’हुलियत ब्या’जमा ऋ’ण उपलव्ध गराउने सरकारको तयारी

काठमाडौं-राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले भू’कम्प ला’भग्राहीलाई तीन प्रतिशत सहुलियतमा ऋ’ण पाउने व्यवस्थाको सु’निश्चित गर्ने बताएका छन् ।

भू’कम्प ला’भग्राहीको स’मस्या र उनीहरुले नि’र्माण गरेको निजी आ’वासको अवस्था कस्तो छ भन्ने विषयमा आज काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं ११ पात्लेखेतमा अर्थ मन्त्रालय, राष्ट्रिय पुनःनि’र्माण प्राधिकरण, विश्व बैंकलगायतका संस्थाका प्रतिनिधिको उपस्थितिमा भएको अन्तक्र्रियामा उनले सहुलियत ऋ’णका विषयमा सरकार र बैंकसँग स’हमति भइसकेको बताए ।

उनले भने, “विगतमा दूई प्रतिशत ऋ’ण लिन पाउने व्यवस्थाको कुरा गरे पनि त्यो पूरा हुन सकेन । मैले कार्य जिम्मेवारी सम्हालेपछि तत्कालै सरकारसँग कुरा गरेर गरेको निर्णयअनुसार राष्ट्रिय वाणिज्य बैंकले न्यूनतम ६ प्रतिशतसम्म ऋ’ण दिन सकिने व्यवस्था भएको र त्यसमा दूई प्रतिशत थप गर्दा ८ प्रतिशत हुने र त्यसमा पाँच प्रतिशत सरकारले ति’रीदिने गरी छलफल भइसकेको छ ।”

उनले बैंकमा ति’र्नुपर्ने पाँच प्रतिशत ब्या’जदर रकम ति’रिदिने विषयमा सहमति भइसकेको हुनाले ऋ’ण लिनेको वि’वरण सङ्कलन गरी जिल्लामा छलफल गरी त्यसको टुङ्गो लगाउन सबै लाग्न आग्रह गरे । “जुन कुरा दिने भनेर प्रतिबद्धता जनाएको छ, त्यो काम पूरा गर्न प्रा’धिकरण प्र’तिबद्ध छ”, उनले भने “भविश्यमा पनि प्राधिकरण लाभ’ग्राहीको बीचमा र नगरपालिकासँग बसेर काम गर्न चाहन्छ ।”

धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले सबैको सहयोगमा भू’कम्प पुनःनि’र्माणको काममा अगाडि बढ्न सकेको बताए । सो क्रममा उनले ४५ प्रतिशत पुनःनि’र्माणको काम सम्पन्न भएकामा खुशी व्यक्त गर्दै भू’कम्पका बेलामा सडक, खानेपानी, अ’स्थायी आ’वास न’भएको अवस्थामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र नेपाल सरकारबाट सहयोग पाएर समुदायमा केही व्य’वस्थापन गर्न सकेको बताए ।

अन्त’क्र्रियामा विश्व बैंकका देशीय निर्देशक फारिस एज हदले नेपाल आएर मात्रै नभई पुनःनिर्मा’णको काममा साझेदारी गरेर सहयोग गरेकामा खु’शी व्यक्त गरे ।

वडा नं ११ का वडा अध्यक्ष विष्णु धितालले वडामा एक हजार हजार १७ ला’भग्राही रहेकामा ४६२ घरपरिवारले घर निर्माण गरिसकेको र ६६२ घरपरिवारले दोस्रो कि’स्ता लिइसकेको जानकारी दिए । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।