यसरी मुस्कुराउँदै अ’स्पतालबाट निवास फर्किए प्रधानमन्त्री ओली
काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली स्वा’स्थ्यलाभ गरी आज साँझ निवास फर्कनुभएको छ । निवास फर्कने क्रममा उहाँले अ’स्पताल परिसरमा रहेको सञ्चारकर्मीमाझ आफू ठिक रहेको प्रतिक्रिया दिनुभयो ।
अ’स्पतालबाट फर्कदै गर्दा निकै प्रफुल्ल मुद्रामा देखिनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “म ठिक छु ।” निवासतर्फ जाने क्रममा प्रधानमन्त्री ओली एक्लै हिँडेर गाडीसम्म पुग्नुभएको थियो ।
प्रधानमन्त्रीले शा’रीरिक रुपमा आफूलाई स्व’स्थ्य महसुस गर्नुभएको उहाँको अनुहारमा झल्किन्थ्यो । प्रधानमन्त्रीको हाउभाउले आफू ठूलो स्वा’स्थ्य स’मस्यामा नरहेको आ’त्मविश्वास देखाउँथ्यो । उहाँ हाँस्दै गाडी चढ्नुभएको थियो ।
शीर्ष नेताद्वारा स्वा’स्थ्यलाभको कामना
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओली स्वा’स्थ्य उपचारका क्रममा रहँदा पार्टीका अर्का अध्यक्ष प्रचण्डलगायत शीर्ष नेतृत्वले भेट गरी स्वा’स्थ्यलाभको का’मना गर्नुभएको थियो ।
आजै प्रधानमन्त्रीलाई अध्यक्ष ‘प्रचण्ड’ले भेट गरी स्वा’स्थ्य अ’वस्थाबारे जानकारी लिनुभएको थियो । त्यसैगरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, भूमि व्यवस्था, सहकारी तथा ग’रीबी नि’वारणमन्त्री पद्मा अर्याल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलगायतले भेट गरी स्वा’स्थ्य लाभको कामना गर्नुभएको थियो ।
अ’स्पताल परिसरमा प्रधानमन्त्रीको स्वा’स्थ्य अ’वस्थाबारे जानकारी लिन सर्वसधारण, पार्टी कार्यकर्ता तथा शुभेच्छुकको बाक्लो उपस्थिति रहेको थियो । रासस


