आ’चारसंहिता पालना गर्ने दलहरुको प्र’तिबद्धता

काठमाडौं – प्रमुख राजनीतिक दलहरुले आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह सदस्यका लागि हुने उपनिर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले जारी गरेको आ’चारसंहिता पालना गर्ने प्र’तिबद्धता व्यक्त गरेका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा विहिबार आयोगमा भएको उपनिर्वाचनको तयारी तथा आ’चारसंहिताका सम्बन्धमा भएको छलफलमा १७ राजनीतिक दलका प्रतिनिधिले आ’चारसंहिता पालनाको पूर्ण प्र’तिबद्धता व्यक्त गरेका हुन् ।

सरकारले पनि निर्वाचन आ’चारसंहिता पालना गर्दै सरोकारवालाहरूबाट पनि त्यसको उ’ल्लङ्घन हुन नदिने दृढ@ता व्यक्त गरेको छ । उक्त छलफलपछि सरकारका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु रिमाल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाली काङ्ग्रेसका एनपी साउद, समाजवादी पार्टीका शिवजी यादव, राष्ट्रिय जनता पार्टीका सुरेन्द्र झालगायतले प्र’तिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।