प्रधानमन्त्रीको स्वा’स्थ्य : सिंगापुरमा उ’पचार हुँदा पनि सू’चना लु’काइएको थियो
काठमाडौं, कार्तिक १५ । प्रधानमन्त्री केपी ओलीले गत साउन र भदौमा सिंगापुरस्थित नेसलन युनिभर्सिटी अ’स्पतालमा उप’चार गराउँदा पनि सू’चना लु’काएको पाइएको छ।
पहिलोपटक १८ साउनमा सिंगापुर गएका ओली उ’पचार गराएर १० दिनपछि फर्किएका थिए। त्यतिखेरै चि’कित्सकहरूले थप दुई साता उपचार बस्न ओलीलाई सुझाएका थिए।
तर उनी चाँडै फलोअपमा आउने भनेर फर्किएका थिए। विमानस्थलमा प्रधानमन्त्री केही बोलेनन्। उनको सल्लाहकार मौ’न बस्यो। यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ।
प्रधानमन्त्री ५ भदौमा दोस्रोपटक सिंगापुर जानुभन्दा एक साताअघिसम्म पनि मुख्य सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीको स्वा’स्थ्य सा’मान्य रहेको र नियमित काममा सक्रिय रहेको सूचना सामाजिक सञ्जालबाट स’म्प्रेषण गरिरहेका थिए। जब कि, दोस्रोपटक सिंगापुर जाँदा ‘प्लाज्मा फेरेसिस’ गर्ने तय थियो।


