नेपालले एसिसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट खेल्ने, समुह बी मा रहेको नेपालको पहिलो खेल भारतसँग

काठमाडौं । नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्ने भएको छ ।

बंगलादेशमा आयोजना हुने प्रतियोगितामा नेपालको सहभागिता निश्चित नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । प्रतियोगिता नोभेम्बर १२ देखि २४ सम्म हुनेछ । प्रतियोगितामा टेष्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानसहित नेपाल, ओमान र हङकङले खेल्ने छन् । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा भारत, बंगलादेश र हङकङ रहेका छन् । समूह ’ए’ मा पाकिस्तान, ओमान, श्रीलंका र अफगानिस्तान रहेका छन् । समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् । समूह ’ए’ को खेल कक्स बजार र समूह ’बी’ को खेल ढाकामा हुनेछ । सेमिफाइनल र फाइनल खेल मिरपुरमा हुनेछ । नेपालले नोभेम्बर १४ मा भारतसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

यस्तै नोभेम्बर १६ मा हङकङसँग खेल्दा समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग नोभेम्बर १८ मा खेल्ने छ । प्रतियोगितामा युएईले नाम फिर्ता लिएपछि नेपालले खेल्ने मौका पाएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।