मुग्लिन-पोखरा सडक विस्तारः एडीबीले साढे २१ अर्ब ऋ’ण दिने
काठमाडौँ । एसियाली विकास बैंक ९एडीबी०ले मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार गर्न २१ अर्ब ५० करोड रुपैयाँ सहुलियत ऋ’ण उपलब्ध गराउने भएको छ । दुई लेनको सडक चार लेनमा विस्तार गर्न लागिएको छ ।
एडीबीको सञ्चालक समितिले बुधबार सहुलियत ऋण अनुमोदन गरेको हो । एडीबीले मुख्याल मनिलाबाट जेठ १३ मा उच्चस्तरीय टोली मुग्लिन–पोखरा सडकखण्ड निरीक्षण गर्न नेपाल आएको थियो ।
१५ दिनका लागि नेपाल भ्रमणमा आएको टोलीले मुग्लिन–पोखरा सडकको स्थलगत अनुगमन गरेको थियो । टोलीले बुझाएको प्रतिवेदनका आधारमा एडीबीले ऋ’णका लािग सहमति जनाएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।


