निजी आवास पु’नर्नि’र्माण: ह’रायो आशा, छायो नि’राशा

काठमाडौ । सरकारले भूकम्प र पराकम्पबाट क्षतिग्रस्त निजी स्वामित्वका संरचनाको पुनर्निर्माण कार्यमा उल्लेख्य प्रगति भएको दाबी गरे पनि ललितपुर महानगरपालिका क्षेत्रमा निजी आवास पुनर्निर्माणको अवस्था निराशाजनक पाइएको छ।ललितपुर महानगरपालिका शहरी पूर्वाधार भवन निर्माण महाशाखाअन्तर्गत विपद् शाखाका अनुसार पूर्ण क्षतिग्रस्तमा सूचीकृत ७ हजार ४ सय ७५ लाभग्राहीमध्ये दोस्रो किस्ता लिने १ हजार ४ सय ३६ र तेस्रो किस्ता लिने ९ सय ८३ छन्।

भूकम्पका कारण क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न सरकारले ३ लाख रुपियाँ सहयोग गर्दै आएको छ। सो रकमलाई ५० हजार, १ लाख ५० हजार र १ लाख रुपियाँको तीन किस्तामा विभाजन गरिएको छ। भूकम्प प्रतिरोधी घर बनाउनका लागि रकम दिइएकाले सरकारले तोकेको मापदण्ड पूरा गरेर घर बनेको छ कि छैन भन्ने कुरा हेरेर मात्रै थप रकम निकासा गरिन्छ।

दोस्रो किस्ता र तेस्रो किस्ता लिनेको संख्या निकै न्यून देखिएको जनाउँदै शाखाका प्रमुख हरिशचन्द्र लामिछाने भन्छन्– ‘भित्री शहरमा लालपुर्जा नहुने, गुठी जग्गा, दाजुभाइको किचलोले गर्दा निजी आवास निर्माणमा समस्या भएको हो।’ यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।