प्रधानमन्त्रीका ए’डिसी मेजर शाही जु’वाखालबाट प’क्राउ
काठमाडौं, कार्तिक १६ । प्रधानमन्त्री केपी शर्मा ओलीको सु’रक्षा टोलीका बरिष्ठ सु’रक्षा अधिकारी जु’वाखालबाट प’क्राउ परेका छन्।
नेपाली से’नाका मेजर (सेनानी) राजेन्द्र शाहीलाई प्र’हरीले शुक्रबार साँझ जु’वा खेलीरहेको अवस्थामा सामाखुसीबाट प’क्राउ गरेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
महानगरीय प्र’हरी प्रभाग गोंगबुबाट खटिएको प्र’हरी टोलीले सामाखुसीस्थित सोमबहादुर मगरको घरबाट शाहीसहित आठ जनालाई प’क्राउ गरेको हो। प’क्राउ पर्ने अन्यमा घरधनी मगर, रामेछापका बुद्धिलाल मगर, गोरखाका जित गुरुङ र किरणजंग शाह, टोखाका मानकाजी गुरुङ र धर्म शाह, तथा सुर्खेतका निरज राणा छन्।
उनीहरुको साथबाट एक लाख ५९ हजार तीन सय रुपैयाँ पनि ब’रामद भएको प्र’हरीले जनाएको छ। उनीहरुलाई म्या’रिज खेलिरहेको अवस्थामा प’क्राउ गरिएको महानगरीय प्र’हरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालले बताए।
प्रधानमन्त्रीको सु’रक्षामा लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी) को नेतृत्वमा सैनिक टोली खटिएको हुन्छ। मेजर शाही शुक्रबार बिदामा थिए। बिदाका बेला उनी सधैँजसो जु’वा खेल्ने गरेको अ’नुसन्धानमा खुलेको छ।


