नेपाली राष्ट्रिय क्रिकेट टोलीका नयाँ कप्तान ज्ञानेन्द्र मल्ललाई प्रधानमन्त्रीको बधाई
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नयाँ कप्तान ज्ञानेन्द्र मल्ललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिनुभएको छ । भर्खर कप्तानमा नियुक्त भएका मल्ललाई प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत बधाई दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले लेख्नुभएकाे छ, ‘नेपाली क्रिकेट टोलीको कप्तान बनेकोमा ज्ञानेन्द्र मल्ललाई हार्दिक बधाई दिन चाहन्छु,’। उहाँले मल्लको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाई लिने विश्वास सहित शुभकामना पनि व्यक्त गर्नुभएको हो ।
टोलीका नियमित कप्तान पारस खड्काले कप्तान पदबाट रा’जीनामा दिएपछि नेपाल क्रिकेट संघ ९क्यान० ले मल्ललाई बुधबार कप्तानमा नियुक्त गरेको थियो । ।


