विनाप्र’तिस्पर्धा सेनाले ल्यायो ३४६ करोडको जहाज
काठमाडौं, कार्तिक १७ । शनिबार इन्डोनेसियाबाट काठमाडौँमा अवतरण गरेको जहाजले नेपाली से’नाको हवाई क्ष’मता अभिवृद्धि गरे पनि आर्थिक अनुशासनमा सेनालाई थप क’मजोर बनाएको छ।
राज्यकोषको तीन अर्ब ४६ करोड लगानी भएको यो खरिद प्रक्रिया विना प्र’तिस्पर्धा सम्पन्न भएको खबर आजको नयाँ पत्रिका दैनिकमा पुष्प ढुंगानाले लेखेका छन्।
सेनाको यो शैलीले सार्वजनिक खरिद ऐन, नियमावली र आर्थिक पारदर्शितासम्बन्धी सम्पूर्ण नीति र सिद्धान्तको खिल्ली उडाएको छ।
अढाई वर्षदेखि चलेको यो खरिद प्रक्रियामा अ’नियमितता भएको भन्दै महालेखा परीक्षकको प्रतिवेदनले प्रश्न उठाए पनि सरकार र संसदले छा@नविन गरेका छैनन्।
जहाज खरिद गर्दा से’ना आफैँले रोजेका दुई कम्पनीबाट दररेट माग्यो। एउटा कम्पनीले मात्र दररेट दियो। सेनाले उसैसँग स’म्झौता गर्यो।
यस विषयमा महालेखाले प्रश्न उठायो, सार्वजनिक लेखा समितिले चासो दियो, तर कतैबाट पनि ग’म्भीर छान@विन भएन।


