तीन वर्षदेखि ब’न्द इजरायली रो’जगारी खुलाउन पहल सुरु
काठमाडौं, कार्तिक १७ । तीन वर्षदेखि ब’न्द इरारायली रोजगारी फेरि सुरु गर्न नेपाल र इजरायल सकारात्मक भएका छन्।
जीटूजी (दुवै देशका सरकारी निकायको सहभागिता) मार्फत इजरायलमा कामदार पठाउने गरी सकारले गृहकार्य सुरु गरेको श्र’म, रोजगार तथा सामाजिक सु’रक्षा मन्त्रालयले जनाएको छ।
तीन वर्षअघि ‘पाइलट प्रोजेक्ट’ का रूपमा इजरायली रोजगारी सुरु भए पनि अ’सफल भएको थियो। इजरायलबाट एकाएक माग आउन छाडेपछि छानिएका कामदारसमेत जान पाएका छैनन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा तुलसी सुवेदीले लेखेका छन्।
मन्त्रालयले अब पूर्ण रूपमा सफल हुने गरी प्रक्रिया अघि बढाउन लागिएको जनाएको छ।


