अ’पांगता भएका बालबालिकाका लागि सातै प्रदेशमा बनाइँदै ‘फरक’ विद्यालय
काठमाडौं, कार्तिक १७ । अ’पांगता भएका बालबालिकाका लागि सातै प्रदेशमा विशेष आ’वासीय विद्यालय बन्ने भएका छन्।
नमुना भवन बनाउन शिक्षा मन्त्रालयले झापाको सरस्वती मावि, धनुषाको सार्वजनिक मावि, काभ्रेको आदर्श बाल विकास, गोरखाको बहिरा मावि, दाङको बाल मन्दिर आधारभूत विद्यालय र कैलालीको राष्ट्रिय माविलाई छानेको छ।
अ’पांगता भएका व्यक्तिको अ’धिकारसम्बन्धी ऐ’न, २०७४ ले परिभाषा गरेका १० किसिमका अ’पांगता भएका व्यक्तिलाई लक्षित गरी यस्ता विद्यालय बनाउन लागिएको हो। यो खबर आजको कान्तिपुरमा गणेश राईले लेखेका छन्।
विद्यालय बनेपछि शा’रीरिक अ’पांगताका साथै हेराइ, बोलाइ, सुनाइसम्बन्धी समस्या भएका बालबालिकाले पनि सहज अध्ययनको अवसर पाउने छन्।


