क्लिङ्कर उत्पादनमा नेपाल आ’त्मनिर्भर, भारतबाट आयात शू’न्य
काठमाडौं । सिमेन्टका लागि आ’वश्यक कच्च पदार्थ क्लिङ्कर उत्पादनमा मुलुक आ’त्मनिर्भर बनेपछि चालू आर्थिक वर्ष २०७६र७७ मा भारतबाट आयात पूर्ण रुपमा रो@किएको छ ।
एक दशकअघिसम्म मुलुकका दुई सरकारीबाहेक निजी क्षेत्रबाट सञ्चालित सबै सिमेन्ट उद्योग भारतबाट आयातित क्लिङ्करमा निर्भर थिए तर चालू आर्थिक वर्षको सुरुदेखि नै उद्योगका लागि मुलुकमा उत्पादित क्लिङ्कर पर्याप्त रहेको रुपन्देहीका उद्योगीले बताएका छन् ।
चालू आर्थिक वर्षदेखि क्लिङ्करमा मुलुक आ’त्मनिर्भर भएको छ । त्यसैले पर’निर्भरता हटेको छ, उद्योग वाणिज्य महासङ्घ सदस्य तथा उद्योगी राजेश अग्रवालले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


