देउसी भैलोको पैसाले सडकमा डस्टविन

धनकुटा खबर । श्री सयपत्री साँस्कृतिक समूह धर्मशाला धनकुटा १० ले उत्तरपानी वुद्धचोक देखी धर्मशाला सम्म १० स्थानमा डस्टविन राखेको छ ।

तिहारमा सञ्चालन गरेको साँस्कृतीक तथा देउसी भैलो कार्यक्रमवाट संकलित रकमले सडक दायाँवायाँ किनारमा १० वटा डस्विन राखेको समूहका अध्यक्ष विश्वास भट्टराईले जानकारी दिनुभयो ।

समूहले तिहारमा महालक्ष्मी नगरपालिकाको मूर्तिढुंगा,धनकुटा नगरपालिकाको वेलाहारा, थलथले, सुकेआहाल, धर्मशाला, लालचोक,सयपत्रीचोक हुँदै उत्तरपानी सम्म ५ दिन सञ्चालन गरेको कार्यक्रमवाट ५५ हजार रकम संकलन भएको थियो ।

संकलित रकम मध्ये कार्यक्रमको लगत खर्च छुट्याएर समूहको लागि साँस्कृती पोषाक खरिद गरिएको र डस्विन समेत राखीएको समूहले जनाएको छ । गत वर्ष मात्र गठन भएको यो समूहले यसै वर्षको तिहारमा कार्यक्रम सञ्चालन गरी सामाजिक काम गरेको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖