समाजसेवी हिममाया वस्नेत प्रति स’मवेदना
धनकुटा खबर । धनकुटा ९ वेलहाराकी समाजसेवी स्व. हिममाया वस्नेत प्रति नेपाली कांग्रेस धनकुटाले श्र’द्धाञ्जली तथा परिवारजनमा स’मवेदना व्यक्त गरेको छ ।
समाजसेवी मोहन वस्नेत, ज्ञान वस्नेत, दुर्गा वस्नेत र नेपाली कांग्रेसका क्रियाशिल सदस्य तिलक वस्नेतका आमा,नेपाल तरुण दल धनकुटाका नेता रत्न वस्नेतका हजुर आमा हालै स्व’र्गरोहण हुनुभएकका हिममाया प्रति नेपाली कांग्रेस धनकुटाले स’मवेदना व्यक्त गरेको हो । ७९ बर्षको उमेरमा नि’धन हुनु भएका उहाँको मुलघाट स्थित तमोर नदीमा अ’न्त्यष्टि गरिएको थियो ।
स्व. वस्नेतको पा’र्थिव श’रिरमा फुलमाला लगाई अन्तिम श्रद्धाञ्जली नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्य निर्मल ओझा,रंगलाल रोईला,तरुण दलका क्षेत्रिय अध्यक्ष तिलक महत, धनकुटा गनरपालिका ९ का वडाध्यक्ष संदिप रायमाझी लगायतका स्थानीय जनप्रतिनिधि,नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा नं ९ का सभापति प्रेम खत्री,वडा अध्यक्षको उम्मेदवार सितराम न्यौपाने, पूर्व सभापति गखड् न्यौपाने , नेपाल शिक्षक संघ धनकुटाका सदस्य इश्वरी सुवेदी लगायतले अन्तिम श्रद्धाञ्जली दिई परिवारजनमा समवेदना व्यक्त गरेका थिए ।


