चाडपर्व सकिएसंगै धनकुटा सदरमुकाममा चहल पहल
धनकुटा खबर । दशै, तिहार र छठ सकिएसंगै धनकुटा सदरमुकाममा चहल पहल समेत सुरु भएको छ ।
चाडवाड मनाउन गाउँ, घर गएका हरु धमाधम फर्किन थाले संगै चाडपर्वमा सुनसान भनेको सदसमुकाममा चहल पहल सुरु भएको हो । सरकारी कार्यललय खुले संगै कार्यलयमा सेवाग्राही पनि आउन थालेका छन् । विद्यालय, क्यामपस समेत खुले पछि विद्यार्थीहरुको चहल पहल समेत धनकुटामा बढ्दै गएको छ । भने व्यापार व्यावसायीहरुले समेत पसल खोलेका छन् ।
मान्यजन बाट टिका थाप्ने पर्व दशै, दाजु भाई दिदी बहिनीको आत्मीयता साटासाट गर्ने र झिलिमिलिको पर्व तिहार र सूर्य देवताको पुजा गरेर मनाईने पर्व छठ यो बर्ष बिदा भएका छन् ।



