२९ औं विमल स्मृति राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न, धनकुटाका कवि सरोज कटुवाललाई सान्त्वना
सुनसरी । आज धरानमा स्व. कवि विमल गुरुङको ४९ औ जन्म जयन्ती तथा २९ औ राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न भएको छ ।

प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट अतिथिको रुपमा विश्व नेपाली साहित्य महासंघ केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा नेपालगञ्जका रसिक राज प्रथम, सोलुखुम्बुमा गणेशप्रसाद खतिवडा द्वितिय, गोर्खाका सन्तोष खनाल तृतिय र धनकुटाको सरोज कटुवाल सान्त्वना भएका छन् ।

