रहेनन् कांग्रेस आँखिसल्लाका सदस्य डिल्ली कुमार राई !
धनकुटा खबर । धनकुटाको शहिदभूमी गाउँपालिका आँखिसल्लाका नेपाल तरुण दलका अध्यक्ष कांग्रेसका यूवा नेता सुनिल राईका माईला दाजु नेपाली कांग्रेस आँखिसल्लाका सदस्य डिल्ली कुमार राईको आज नि’धन भएको छ ।
लिभरको समस्याका कारण उपचार गराई रहनु भएका राईको आज नि’धन भएको हो । उहाँको नि’धन प्रति नेपाली कांग्रेस धनकुटाले श्रद्धाञ्जली अर्र्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
पार्टीका जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई, शहिदभूमी गाउँपालिका प्रमुख मनोज राई,नेपाली कांग्रेसका महाधिवेशन प्रतिनीधि राम कुमारी भण्डारी,नेपाल शिक्षक संघ धनकुटका सचिव धन कुमार राई, नेपाली कांग्रेसका प्रदेश सभा क्षेत्रिय समितिका सदस्य कमल कुमारी राई,विष्णु राई, नेपाली कांग्रेस शहिदभूमी गाउँपालिका कार्य समितिका सचिव रुद्र राई, आखिसल्लाका सभापति तोर्ण खड्का, उपसभापति चन्द्रमान राई, पूर्व सभापति मान वहादुर राई, शहिदभूमी गाउपालिका वडा नं ६ का सभापति विकास राई,नेपाल तरुण दल धनकुटाका सचिव नरेन्द्र कश्चित, नेपाल तरुण दल शहिदभूमी गाउँपालिकाका अध्यक्ष तथा वडा नं ६ का वडाध्यक्षका प्रत्यासी साजन राई,दवेन्द्र राई लगायत तरुण नेताहरुले स्व राईको घरमा गई परिवारजनमा समवेदना व्यक्त गर्दै स्व राई प्रति श्र’द्धाञ्जली अर्पण गरेका थिए ।
साथै आफन्तजन र म’लामीजनले राईको अन्त्यष्टि गर्नु अघि पा’र्थिव श’रिरमा फुल माला लगाई अन्तिम श्र’द्धाञ्जली दिई सम्मान गरेका थिए ।


