‘मोदी तेरो पाराले दुःख पाए साराले’

रामचन्द्र वि.क, रामेछाप । नेपाल र भारत बीचको नक्सालाई लिएर देशका विभिन्न ठाउँमा नाराबाजीहरु भईरहेका बेला रामेछापमा पनि बिहिबार साँझ भारत विरुद्ध कडा नारा लागेको छ ।

भारतको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेकलाई भारतमा देखाइएको विरोधमा ‘गो ब्याक इण्डिया’ लेखिएको ब्यानर सहित ‘मोदी तेरो पाराले दुःख पाए साराले’ भन्ने नारा लागेका हो ।

नेकपा निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियूले मन्थलीको देवकोटा चोकबाट निकालिएको विरोध ¥यालीले बजार परिक्रमा गरेको थियो । बजार परिक्रमा पछि देवकोटाचोकमा बिरोध ¥यालीलाई सम्बोधन गर्दै पुर्व अनेरास्ववियूका केन्द्रीय सदस्य सुन्दर घिमिरेले भारतले नेपाललाई हेपाह प्रबृत्ति देखाएको भन्दै सार्वजनिक भएको नक्सा सुधार गर्न माग गर्नुभयो ।

घिमिरेले भारतले नेपालको भू–भागलाई आफ्नो नक्सामा राखेर नेपाली आमाको छातीमा लात हानेको भन्दै नक्सा नसच्चिए भारतले गोरखालीको ताकात देख्ने चेतावनीसमेत दिनुभयो ।

विरोध ¥यालीमा पूर्व युवा संघ नेपाल रामेछापका सचिवालय सदस्य तथा युवा नेता सोनु कुमार रोका, पूर्व अनेरास्ववियू रामेछापका सचिवालय सदस्य पुस्कर भट्टराई लगायतको सहभागिता रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।