छि’न्ताङ घ’टनाका १६ श’हीद प’रिवारलाई जनही रु पाँच लाख दिइने

विराटनगर – प्रदेश नं १ सरकारले छिन्ताङ घटनाका १६ शहीद परिवारलाई प्रतिपरिवारलाई रु पाँच लाख प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले २०३६ सालमा भएको हत्याकाण्डमा मारिएका परिवारलाई राहतस्वरुप सो रकम प्रदान गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रव सुवेदीले जानकारी दिए ।

यसैगरी, बैठकले झापा, मोरङ, पाँचथर, धनकुुटा, ओखलढुङ्गा र उदयपुरमा प्रदेश लेखा नियन्त्रण कार्यालयअन्तर्गत रहने गरी प्रदेश लेखा एकाइ स्थापना गर्ने निर्णय भएको छ भने धरानमा स्थापित वन निर्देशनालयमा दशौँ तहका रवीन्द्र महर्जनलाई कायममुकायम जिम्मेवारी दिने निर्णय भएको सल्लाहकार सुवेदीले बताए ।

कात्तिक २९ गते सुनसरीको धरानमा हुने अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भव्यरुपमा सफल बनाउने पनि निर्णय भएको सल्लाहकार सुवेदीले बताए । साथै भर्खरै पदमुक्त हुनुभएको प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङलाई धन्यवाद दिने निर्णय भएको छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।