ईटहरीको ह’रिबि’जोग : ईटहरी कि धुलोहरी मेयर साव !
इटहरी । सुनसरीको ईटहरीका मेयर द्धारिकलाल चौधरीले एक सार्बजनिक कार्यक्रममा एक बर्षअघि ईटहरीलाई धुलो र हिलोमुत्त ईटहरी बनाउँछु भनेर भाषण गर्दा नगरबासीहरुले ताली बर्साएका थिए । भाषण गरेको एक बर्ष बित्दा ईटहरीको हरिबिजोग अबस्था देख्दा तिनै नगरबासीहरु यतिबेला धारेहात लगाईरहेका छन ।
एक बर्ष अघिको तुलनामा ईटहरीमा १० गुणाबढी धुलो र हिलो छ, त्यत्तिकै खाल्डाखुलडी छ, तर आश्वासन बाँडने मेयर भने चुपचाप छन । इटहरी उपमहानगरपालिका क्षेत्रभित्र बिकास निर्माणका कामहरू ठप्प हुँदा धुलो र खाल्डाका कारण ईटहरी क्षेत्र अस्तब्यस्त रहेको छ ।

बिराटनगरको रानी देखि धरान सम्मको मुख्य सडकलाई ६ लेनको बनाउन थालिएपछि ईटहरीको अबस्था झन नाजुक बनेको हो । ६ लेन सडक ईटहरी उपमहानगर क्षेत्रमा निर्माण हुन सकेको छैन ।
बर्खामा पानीले हिलाम्मे र डुबानको समस्या भोग्दै आएका इटहरीवासी हिउँद लागेपछि धुलो र खाल्डाखुल्डीका कारण थप समस्या झेल्दै आएका छन । मुख्य सडकमा दैनिक हजारौँ यात्रुहरु धुलाम्मे भएर यात्रा गरिरहेका छन भने सडक आसपासमा रहेका नगरबासी र ब्यबसायीहरु भने मर्कामा छन । यस बिषयमा सम्बन्धित पक्षले ध्यान नदिएको र नगर समेत गैरजिम्मेवार बनेको स्थानीयको गुनासो रहेको छ । – पूर्वेली न्यूजबाट


