पाल्पामा मोदीको पु’त्ला द’हनसंगै नि’कालियो मसाल जु’लुस
सुमन कार्की, पाल्पा, कात्तिक २४ । भारतले नेपालको जमिन मिचेर हालै जारी गरेको नयाँ नक्सा खारेजीको माग गर्दै पाल्पामा मोदीको पु’त्ला जलाई मसाल जु’लुस आयोजना गरिएको छ ।
आइतबार साँझ राष्ट्रिय जनमोर्चा, अखिल छैठौं र अखिल नेपाल युव संघ पाल्पाको आयोजनामा पु’त्ला द’हन गरिएको छ। जुलुसमा सहभागीहरुले ‘भारतीय साम्राज्यवाद मु’र्दावाद, लिपुलेक हाम्रो हो, भारतीय सेना कालापानी छो’ड्’ लगायतका नारा लगाएका थिए ।
पु’त्ला द’हनपछि आयोजित कोणसभामा राजमो पाल्पा अध्यक्ष विशाल दर्लामी, अखिल छैठौका केन्द्रीय सदस्य पुरन पोख्रेलले कार्यक्रलाई नेपाल प्रहरिको हस्तक्षेपप्रति घोर भ’त्सना गरे ।
उनीहरले भारतीय द’हन कुनै पनि हालतमा नसहने बताउँदै सवै नेपाली र पार्टी एक जुट भइ लाग्नु पर्नेमा जोड दिँदै आगामी दिनमा अझै शसक्त रुपमा आन्दोलनका कार्यक्रमहरु ल्याउने बताएका छन् ।


