सल्लाहकारपछि राजिनामा दिने पालो मन्त्रीको !

काठमाण्डौ । गठन भएदेखि नै आलोचना खेपिरहेको केपी ओली नेतृत्वको सरकारलाई धेरैले असफल भन्ने गरेका छन् । ओलीको सचिवालय र नजिकका सदस्यहरुको गलत सल्लाहाका कारण सरकार असफल भएको कतिपयको टिप्पणी हुने गर्दछ ।

अधिकांश मन्त्रीहरु पनि स्वार्थकेन्द्रित हुँदा जनहितमा काम हुन नसकेको बताइन्छ । प्रधानमन्त्री स्वयमले पनि यि कुरालाई मध्येनजर गरेरै होला, सचिवालय सदस्यहरुलाई राजिनामा दिन लगाउनुभएको छ । योसँगै मन्त्रीमण्डल परिवर्तनको चर्चा पनि सुरु भएको छ ।

प्रधानमन्त्री ओलीको सचिवालयका सबै सदस्यले राजीनामा दिएका छन् । प्रधानमन्त्री ओलीले आफू नयाँ ढंगले जान चाहेकाले त्यसका लागि मार्ग प्रशस्त गरिदिन भनेपछि निजी सचिवालयका सबै सदस्यले शनिबार राजीनामा बुझाएका हुन् । ‘आजको काम भोलि गरौँला भन्ने सुविधा छैन’ भन्ने अठोट लिनुभएका प्रधानमन्त्री ओलीले अब भने नतिजा देखिने गरी काम गर्न खोजेको सल्लाहाकारको राजिनामाको संकेतको रुपमा लिन सकिन्छ ।

बालुवाटार निवासभित्रै पनि राती अबेरसम्म सल्लाहकारले घेरिरहदा स्वास्थयमा लापरवाही बढीरहेका कारण प्रधानमन्त्री राधिका शाक्य पनि सल्लाहकारप्रति रु ष्ट थिईन् । गलत सल्लाह दिने, नेकपाका अर्का शक्तिशाली नेता माधवकुमार नेपालालाई समेत भेटघाट गर्न नदिएर सल्लाहकारले गल्ती गरेको कतिपयको टिप्पणी छ । समग्रमा नै सल्लाहाकार टिमले प्रभावकारी भूमिका खेल्न नसक्दा राजिनामा दिनुपर्ने अवस्था आएको पत्रकार तथा विश्लेषक शम्भु श्रेष्ठ बताउँछन् ।

अहिलेको टिमलाई राजिनामा दिन लगाउँदैमा समस्या समधान हुने होइन । त्यसैले अब नयाँ टिम बनाउँदा निकै ध्यान दिनुपर्ने देखिन्छ । नयाँ नियुक्ती गर्ने सल्लाहकार तथा मन्त्रीहरु गुट बन्दी र आफ्ना मान्छे भन्दा राम्रा र सो क्षेत्रमा विज्ञता हासिल गरेकालाई प्राथमिकता दिनुपर्ने श्रेष्ठको सुझाब छ ।

प्रधानमन्त्रीको सचिवालय चुस्त नभएको भनेर पार्टीभित्रै पनि आलोचना भइरहेको थियो । विश्वास गरिएका सल्लाहाकार टिमबाटै धोका भएको महसुशसमेत ओलीले गरेको बताइएको छ । उपनिर्वाचनपछि मन्त्रिपरिषद पुनर्गठनको सम्भावनाबारे चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयबाटै त्यसको शुरुवात गरेको टिप्पणी पनि भइरहेको छ । यद्यपी प्रधानमन्त्रीले मन्त्रीहरुलाई अहिलेसम्म कुनै निर्देशन दिनुभएको छैन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖