झापाको सुरुङ्गा र झापा बजार जोड्ने अमरपथ सडकखण्डको शिलान्यास, मुलुक निर्माणको प्रक्रियामा अघि बढ्यो : मुख्यमन्त्री राई

बनियानी । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुक विकास निर्माणको प्रक्रियामा अगाडि बढीरहेको बताउनुभएको छ ।

झापाको सुरुङ्गा र झापा बजार जोड्ने अमरपथ सडकखण्डको शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राईले भन्नुभयो, “मुलुक निर्माणमा तीन तहकै सरकार कटिबद्ध भएर लागेको छ ।”

मुख्यमन्त्री राईले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नेपाल निर्माणको महाअभियानलाई साकार पार्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो । सरकारले प्रदेश नं १ मा चीन र भारतका धेरै नाकाहरु खोल्ने तयारी गरिरहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री राईले झापाको सुरुङ्गादेखि भारतको सीमा नाका डिगल बैंकसम्म २४ किलोमिटर सडकको शिलान्यास गर्नुभएको हो ।

पूर्वाधार विकास कार्यालयबाट निर्माण हुन लागेको सडकको लागत रू एक अर्ब ४ करोड रहेको छ । दुई खण्डमा निर्माण हुन लागेको पहिलो खण्ड ७।८ किलोमिटरको रू ४७ करोडमा कनकाई आशिष जेभी र दोस्रो १८ किलोमिटर सडकखण्डको तुँदी रोशन मैनाचुली जेभीले रू ५७ करोडमा लिएको छ । उक्त सडकको ती वर्षभित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।