प्रधानमन्त्री ओलीले डाकेको सर्वदलीय बैठकमा उपेन्द्र यादव जानीबुझी अनुपस्थित भएपछि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ सर्वदलीय सर्वपक्षीय बैठक डाके । कालापानीलाई समावेश गरेर भारतले नयाँ नक्शा सार्वजनिक गरेपछि सरकारले चाल्ने कदमबारे बाुवाटारमा डाकिएको बैठकमा पूर्व प्रधानमन्त्री देखि सत्तापक्ष र विपक्षका सबै नेताहरु सहभागी थिए ।

बैठकमा राष्ट्रिय जनता पार्टीका नेताहरु महन्थ ठाकुर, महेन्द्र राय यादवलगायत सबै सहभागी थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, नेता लोकेन्द्रबहादुर चन्दलगायत सहभागी थिए ।

अभूतपूर्व राष्ट्रिय एकता देखिने गरी भएको बैठकमा सत्तापक्षकै एकजना नेता सहभागी भएनन् । समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादव अनुपस्थित भए । समाजवादीका अर्का अध्यक्ष डा. बाबुराम भट्टराई सहभागी भए ।

उपेन्द्र यादवको अनुपस्थितिलाई निकै चासोका साथ हेरिएको छ । उनले जानीबुझी अनुपस्थिति जनाए । यादवको अनुपस्थितिलाई लिएर मधेश केन्द्रित दलका नेताहरुले समेत चासो लिए । पछिल्लो समय प्रधानमनमन्त्री ओली उनीसँग अन्तुष्ट छन् । उनको गतिविधि विवादास्पद रहँदै आएको छ । यसले पनि उनको अनुपस्थितिले बढी चासो पाएको हो ।

यादवलाई सरकारबाट फिर्ता गराउन दबाब बढिरहेको छ । उनी भने सत्ता छाड्न मानिरहेका छैनन् । प्रधानमन्त्री ओलीले उनको गतिविधिका कारण विगतमा पनि चेतावनी दिइसकेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖