सफल क्रिकेटर सन्दीप लामिछानेमाथि राजस्वले अ’नुसन्धान गर्ने

नेपालका सर्वाधिक सफल क्रिकेटर सन्दीप लामिछानेले करिब ६ करोड रुपैयाँमा भव्य बंगला किनेका छन् । करिब २० वर्षकै उमेरमा आफ्न कमाईबाट उनले काठमाण्डौंका बुढानीलकण्ठमा बंगला किनेका हुन् ।

सन्दीपको यो सफलता निकै लोभलाग्दो छ र सबैले प्रशंसा गरिरहेका छन् । तर, नयाँ बंगला खरिद गरेसंगै उनमाथी समस्या समेत थपिएको छ । उनी करको लफडामा पर्ने देखिएको छ । आन्तरिक राजस्व विभागले उनको आय र करको विवरणमाथि छानविन गर्न थालेको छ । ६ करोडमा घर खरिद गरेको समाचार आएपछि विभागले छानविन गर्न थालेको छ । स्रोतका अनुसार आयको तुलनामा निकै थोरै मात्र कर तिरेको पाइएपछि छानविन गर्न थालिएको छ ।

सन्दीपले पछिल्लो एक वर्षमै दुई करोड भन्दा धेरै आर्जन गरेका छन् । त्यसको करिब ४० लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ । गत वर्ष क्यानाडा र बंगलादेश प्रिमियर लिगमा भएको ग्लोबल टी–२० बाट मात्र १२० हजार अमेरिकी डलर कमाएका थिए । यसैगरि पाकिस्तान र क्यारेबियन प्रिमियर लिगहरुमा ५० हजार र ७० हजार डलर लिएका थिए । त्यसैगरि आईपिएलमा २० लाख लिएका थिए ।

यसमध्य केही रकम एजेन्ट र म्यानेजरले पाउने भएपनि उनको कमाई करिब २ करोड देखिन्छ । जसअनुसार उनले एक वर्षमै करिब ४० लाख रुपैयाँ कर तिर्नुपर्न हुन्छ । तर, उनले थारैमात्र कर तिरेका छन् । यो वर्ष उनको कमाई तीन करोड नाघ्ने देखिएको छ । टी टेनदेखि अष्ट्रेलियाको बिग ब्यास तथा इंल्याण्डको प्रतियोगितामा छानिएका छन् ।

इंल्याण्डमा हुने नयाँ फम्र्याटको खेल द हन्ड्रेड बलमा उनी एक लाख पाउण्ड (एक करोड ४७ लाख रुपैयाँ)मा अनुबन्धित छन् । त्यस्तै टी– १० लिगमा ४५ हजार डलर उनी बिकेका छन् । बिग ब्यासमा पनि करिब ७० हजार डलर पाउने बताइएको छ । यो वर्ष पनि आईपिएल खेल्ने उन्को सम्भावना छ । विभिन्न कम्पनीको ब्राण्ड एम्बेसडर, क्यानबाट तलब सहित उनको कमाई तीन करोड पुग्ने छ ।

विश्वका धेरै चर्चित खेलाडीहरु करको लफडामा परेका छन् । मेसी देखि रोनाल्डोसम्मलाई यस्तो कसुरमा सजाय भएको छ । नेपालमा सबैभन्दा बढी कमाउने सन्दीप पनि करको लफडामा परेका छन् । यद्यपि, उनले कर छलि गर्न बैंकबाट कर्जा लिएका छन् । तर, पनि गम्भीर छानविन भए उनीमाथि कारबाही हुने सम्भावना रहेको स्रोतले बताउँछन् ।- दृष्टिबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।