महिला भलिबल टोलीले पहिलो संस्करणमै इतिहास रच्यो

काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोलीले पहिलो संस्करणमै एभीसी एसियन सेन्ट्रल जोन सिनियर भलिबल च्याम्पियनसिपको उपाधि जितेर इतिहास रचेको छ ।

बिहीबार बंगलादेशको ढाकास्थित मिरपुर सुरवार्दी इन्डोर हलमा भएको फाइनल खेलमा नेपालले माल्दिभ्सलाई सहजै पराजित गरेर उपाधि जितेको हो। नेपालले सो खेलमा २५–१३, २५–१२, २५–८ को जित हात पारेको हो।

योसँगै नेपाली भलिबलमा पहिलो अन्तर्राष्ट्रिय उपाधि हात परेको छ। साथै नेपालले अपराजेय रहनुका साथै एक सेट पनि नगुमाई उपाधि जितेर एउटा नौलो कीर्तिमान पनि रचेको छ। प्रतियोगितामा तेस्रो स्थान किर्गिस्तानले हात पारेको छ।

यसअघि नेपालको महिला र पुरुष भलिबल टोलीले नेपाललाई उपाधि दिलाउन सकेका थिएनन्। तर यसपटक महिला भलिबल टोलीले नेपाललाई उपाधि दिलायो।

महिला टोली सन् २०१४ मा काठमाडौंमै आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल प्रतियोेगितामा दोस्रो हुनु नै नेपाली भलिबलमा ठूलो उपलब्धि थियो।

यसैगरी दक्षिण एसियाली खेलकुद (साग)मा पनि महिला टोलीले नै कांस्य पदक जितेको छ। नेपाली पुरुष भलिबलको उपलब्धि भनेको तेस्रो एभीसी सेन्ट्रल जोनमा कांस्य पदक जित्नु हो। ढाकामा बिहीबार सम्पन्न च्याम्पियनसिपमा नेपालले राउन्ड रोविन खेलदेखि नै सानदार प्रदर्शन गरेको थियो।

५ राष्ट्र सम्मिलित प्रतियोगिताको पहिलो खेलमा नेपालले अफगानिस्तानलाई सोझो सेटमा हराउँदा विपक्षीले दोहोरो अंक पनि छुन सकेको थिएन।

यसपछि दोस्रो खेलमा किर्गिस्तानलाई पनि तीन सेटमै पन्छाएको नेपालले आयोजक बंगलादेशमाथि पनि उस्तै नतिजा निकाल्यो। नेपालले माल्दिभ्सलाई पनि लिग खेलमा सोझो सेटमै हराएको थियो।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।