छिन्ताङ का’ण्डका श’हिद परिवारलाई प्रतिपरिवार ५ लाख दिने घोषणा

देशभरिका श हिद परिवारलाई राहत वितरण र सम्मान सरकारले चाँडै गर्ने

धनकुटा खबर, कार्तिक २९ । उप-प्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले देशभरिका श हिद परिवारलाई राहत वितरण र सम्मान सरकारले चाँडै गर्ने बताउनुभएको छ ।

आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाले आयोजना गरेको छिन्ताङ ह त्याका ण्डका शहिदको ४१ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले त्यस्तो वताउनुभएको हो ।

संघिय सरकारले कृषि, उद्योग, उर्जा, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेको बताउदै उहाँले चिन र भारतसँग व्यापार समेत बढाउने जानकारी गराउनुभयो । उहाँले सरकार खोज्न सिंहदरबार नै जानुपर्ने कुराको अन्त्य भएको भन्दै तीनै तहको सरकारले जनताको सेवा गरिरहेको दाबी गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा स्कुल विभाग प्रमुख समेत रहनुभएका पोख्रेलले छिन्ताङ का ण्डका शहिदका परिवारलाई यसअघि संघीय सरकारले दिने भनेको १० लाख राहतको विषयमा भने केही बोल्नुभएन । यस्तै रक्षा मन्त्री पोख्रेलले कालापानी र लिपुलेकको विषयमा पनि केही बोल्नुभएन ।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले छिन्ताङ का ण्डका शहिद परिवारलाई प्रदेश सरकारले प्रतिपरिवार ५ लाख राहत दिने घोषणा गर्नुभयो । उहाँले देश संघीयतामा नगएको भए शहिद परिवारलाई राहत घोषणा नहुने भन्दै संघीयता बचाउनु पर्नेमा जोड दिनुभयो ।

बाम आन्दोलनमा लागेको भन्दै २०३६ सालमा भएको छिन्ताङ का ण्डमा मा रिएका १६ जनालाई यसअघिको सरकारले शहिद घोषणा गरेपनि शहिद परिवारलाई राहत उपलव्ध गराएको छैन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।