धनकुटामा १२ हजार १ सय ५७ करदाता

धनकुटा खबर । “स्वच्छ कर प्रशासन विकास र सुशासन ” भन्ने मुल नाराका साथ आज मंसिर एक गते आठौँ राष्टिय कर दिवश मनाई रहेको छ यस अन्र्तगत करदाता सेवा कार्यलय धनकुटा पनि आज विभिन्न कार्यक्रम गरि मनाइको छ ।

धनकुटा नगरको मदनचौकवाट प्रभात फेरी शुरु भई करदाता सेवा कार्यालयमा पुगेर सभामा परिणत भएको थियो । करदाता सेवा कार्यालय धनकुटाका प्रमुख रमेश ढकालको अध्यक्षतामा सम्पन्न उक्त सभामा कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी डा कृष्णवहादुर घिमिरेले कर तिर्नु हरेक नागरिकको दायित्व भएको चर्चा गर्दै कर नै राज्यको आम्दानीको मुख्य श्रोत भएको वताउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष उमेश घिमिरे, रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्रका निर्देशक रमेश पौडेल लगायतकाले वोल्नुभएको थियो भने स्वागत मन्तव्य करदाता सेवा कार्यालय धनकुटाका नायव सुव्वा मोहन योङ्गहाङ्गले गर्नुभएको थियो । सोही अवसरमा आईतवारको पहिलो सेवाग्राही सविन कुमार राईलाई सम्मान गरिएको थियो ।

करदाता सेवा कार्यालय धनकुटाका अनुसार १२ हजार १ सय ५७ करदाताको संख्या रहेको र मूल्य अभिवृद्धि करमा आठ सय ७८ जना र अन्त शूल्कमा सात सय ३८ जना दर्ता रहेको जानकारी दिईएको थियो । कार्यलयले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६५ प्रतिशतले वढी कर असुल भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖