ठमेलको रमझममा रात बि’ताएकै आधारमा मात्र का’रबाहीमा परेका होइनन् फुटबलका ४ खेलाडी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सम्भवत फुटबल इतिहासकै कडा अनुशासन का’रबाही गर्यो । विश्वकप फुटबल छनोट खेल्ने खेलाडीहरुलाई राष्ट्रिय टोलीबाटै हटाइदियो । बन्द क्याम्पबाट घर जान्छु भनेर हिंडेका खेलाडीहरु रात्रीक्लबमा भेटिएपछि त्यस्तो का’रबाही गरेको हो ।

खेलाडीहरु रात्री क्लबमा पुगेर मात्र यो का’रबाही नभएकोतर्फ समेत चासो बढेको छ । उनीहरुले रात्रीक्लबमा कुनै अराजक गतिविधि गरेकाले घ’टना बाहिर आएको हुनसक्नेतर्फ समेत चासो बढेको हो ।

एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पा देशबाहिर हुँदा पछिल्लो घ’टना भएको हो । उनले विदेशबाट सम्पर्क गरी कारबाहीको क’डा निर्णय लिएका हुन् ।

कारबाहीमा परेकामध्ये विमल घर्तीमगर नेपालकै महङ्गा खेलाडीमध्येका हुन् । अञ्जन बिष्ट यसपटकको विश्वकप छनोटमा सबैभन्दा बढी गोल गर्नेमा पर्छन् ।

दिनेश राजवंशी र सन्तोष तामाङ राम्रा खेलाडी हुन् । जतिसुकै राम्रा खेलाडी भएपनि नियम उल्लंघन गरेकाले एन्फाले उनीहरुमाथि कारबाही गरिसकेको छ ।

अहिलेलाई राष्ट्रिय टोलीबाट मात्र हटाइएका चार खेलाडीलाई भविष्यमा कति समयका लागि निलम्बन गरिने हो टुंगो लाग्न बाँकी छ । कुवेतविरुद्ध भुटानमा हुने खेलमा चार भरपर्दा खेलाडीविना खेल्नुपर्दा नेपाल दबाबमा पर्नसक्छ । तैपनि, अनुशासनको कारबाही गर्न एन्फा नचुकेकोमा प्रशंशा भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।