राष्ट्रका लागि आ बाल ब्र म्हचारी षडानन्दको योगदानबारे चर्चा

काठमाडौ,१ मंसिर । पूर्वी पहाडी जिल्ला भोजपुरको दिङ्लामा वि.सं. १९३२ मा विद्यालय स्थापना गरेर नेपालमा शिक्षाको जग बसाउन उल्लेखनीय भूमिका खेल्ने आबाल ब्रह्मचारी षडानन्दको सम्झना गर्दै उहाँले राष्ट्रका लागि दिनुभएको योगदानबारे प्रज्ञा–प्रतिष्ठानमा एक कार्यक्रम आयोजना गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठान, संस्कृति विभाग र आबाल ब्रम्हचारी षडानन्द प्रतिष्ठानद्वारा आयोजित ‘राष्ट्रका लागि आबाल ब्रम्हचारी षडानन्दको योगदान’ विषयक विचार गोष्ठी आयोजना गरिएको हो ।

कार्यक्रमका सभाध्यक्ष एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आबाल ब्रम्हचारी षडानन्दको योगदान र विचारलाई नेपाली समाजमा लागू गर्न सकेमा समाजले गति लिन सक्ने उल्लेख गर्दै षडानन्दका सत्कर्म र योगदानबारे प्रज्ञा–प्रतिष्ठानले अध्ययन–अनुसन्धान गरी ग्रन्थ प्रकाशन गर्ने गर्ने सुनाउनुभयो ।

उपकुलपति डा. जगमान गुरुङले षडानन्दले बालेको ज्ञानको ज्योति निभेको हुनाले अब त्यो ज्योतिलाई पुनः बाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले विज्ञानलाई पनि फेल गराउन सक्ने शक्ति अध्यात्म साधनामा हुने जिकिर गर्दै षडानन्द सौर्यशक्तिको उपासक रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश एकका सांसद राजेन्द्र राई, षडानन्द नगरपालिका, भोजपुरका नगरप्रमुख वीरबल राई, आबाल ब्रम्हचारी षडानन्द प्रतिष्ठानका अध्यक्ष प्रा. चेतोनाथ गौतम, सचिव प्रा. लालानाथ सुवेदी र षडानन्द–सीताराम गुठी दिङ्लाका अध्यक्ष कृष्णप्रसाद पौडेलले षडानन्द र उहाँले समाजलाई दिनुभएको योगदान र आ–आफू आबद्ध संस्थाले गरेका कार्यहरूका बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा प्रा.डा. गोविन्दमानसिंह कार्कीले ‘नेपालको सामाजिक तथा शैक्षिक इतिहासमा षडानन्दको योगदान’ र यादव चापागाईंले ‘जनसहयोगको परिचालन र संस्थागत व्यवस्थापनमा षडानन्दको योगदान’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रा.डा. कार्कीले धार्मिक तथा सांस्कृतिक क्रियाकलापमार्फत् समाजमा विद्यमान विकृति र विसंगति अन्त्यका लागि षडानन्दले गरेको पहलकदमीको उल्लेख गर्दै उहाँले गुरुकुल शिक्षाको थालनी गरेर मुलुकको शैक्षिक अवस्थालाई सुधार्न अहम् भूमिका खेलेको बताउनुभयो । उहाँले भन्नुभयो– “संस्कृत पाठशालाको स्थापना आबाल ब्रम्हचारीले गर्नुभएको थियो तर अहिलेको पुस्ताले त्यसको संरक्षण गर्न सकेको छैन ।”

अर्का कार्यपत्र प्रस्तोता चापागाईंले कार्यपत्रमा जनसहभागिता र जनसहयोग लिई षडानन्दले गरेका महत्वपूर्ण कार्यलाई जगेर्ना गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
आबाल ब्रह्मचारी गुरु षडानन्दले निर्माण तथा स्थापना गरेका मन्दिर, पुस्तकालय, विद्यालय, बगैँचा आदि कार्यहरू सुचारु रहून् र दीर्घ कालसम्म तिनको संरक्षण होस् भनेर एउटा बृहत् गुठीको पनि स्थापना गरेको पाइन्छ ।

गुठीका नाममा लाल मोहोर समेत गराएको देखिन्छ भने त्यसै समयमा लगभग १०००÷१२०० मुरी अन्न उब्जनी हुने गुठीको व्यवस्था गरेको पाइन्छ । कार्यक्रम निर्मला पोखरेलले सञ्चालन गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।