नेपाली कफीको बिशेषता, यसकाे बजार र संभावना यस्तो

-जिवन प्रसाद राई

केही समय यता नेपालबाट कफीको निर्यात प्रारम्भ भएको छ । नेपाली कफीको बिशेषता, यसकाे बजार र संभावना यस्तो रहेको छ ।

१) पछिल्लो समय पुर्बी नेपाल कफी उत्पादनका लागि अति राम्रो स्थानकाे रुपमा लिईएकाे छ । यसाे हुनुमा सापेक्षित अाद्रता, बर्सादकाे मात्रा पुग्दाे, आवश्यक तापक्रम, छहारी र हावापानी सुहाउँदो हुनु हाे ।

२) कफी लाई पुर्ण अर्गानिक उत्पादन बनाउन संभावना रहेको छ । अर्गानिक कफीको माग हाल संसारब्यापी रुपमै रहेको छ । अमेरिकीहरू संसारमा सबैभन्दा धेरै कफी पिउने ब्यक्ति का रुपमा दरिएका छन । नेपालमा अर्गानिक रुपमा उत्पादित कफीको जतिसुकै पनि अमेरिकामा बजार रहेको छ ।

३) प्रदेश नम्बर १ काे १४ वटै जिल्लामा अरबिका जातको कफी खेतीको संभावना रहेको छ । यसलाई प्रदेश सरकारले मिसनकै रुपमा अगाडि बढाउन सक्छ । जसमा स्थानीय सरकार हरुले समेत हास्टेमा हैसे गरिदिन सक्छन् ।

४) हाल नेपालमा बार्सिक ब्यापार घाटा १५ खर्ब रहेको नेपाल राष्ट्र बैकले भनेको छ । त्याे ब्यपारघाटाकाे ५० प्रतिशत प्रदेश एकमै कफी उत्पादन गरेर बिदेश निर्यात गरेर परिपुर्ति गरिदिन सकिने अाधार प्रसस्त्र मात्रामा रहेको छ ।

६) कफी पेट्रोलियम पदार्थ पछि सबैभन्दा बढी बिक्रीवितरण हुने तरल प्रदार्थ हाे । बिकसित मुलुकहरुका अलावा नेपाल पनि एउटा ठुलो बजारको रुपमा उदय हुदै गरेको छ । पर्यटन क्षेत्रमा सुधार हुने बितिकै नेपाल कफीको लागि अाफैमा ठुलो बजार हाे ।

७) मुलुककाे बेरोजगारी समस्या समाधानका लागि कफी खेती बिस्तार तथा कफी मिसन सबैभन्दा भरपर्दाे बिषय हुनेमा कसैकाे दुईमत हुनेछैन । उत्पादन, प्रशाेधन र बजार तीनवटै बिषयमा राेजगारीकाे प्रचुर संभावना रहेको छ ।

(लेखकले धरान कफी काे आयोजनामा कफी सदभावना दुत घाेषणा कार्यक्रममा अतिथिको रुपमा ब्यक्त गर्नु भएको विचार जस्ताको तस्तै वहाँको फेसबुकबाट साभार गरिएको-स.सम्पादक)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।