भारतका मुख्यमन्त्रीले भने,- कालापानी भारतको हो, भारतमा नै रहन्छ

एजेन्सी । भारतीय राज्य उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कालापानी भारतकै भएको दा’वी गरेका छन् । प्रधानमन्त्री केपी ओलीले एक कार्यक्रम मार्फत कालापानी नेपालकै रहेको र सेना हटाउन दिएको अभिव्यक्तिलाई लिएर मन्त्री सिंहले ‘कालापानी भारतको हो र भारतमा नै रहन्छ’ भनेका हुन् । ’ सिंहले भनेका छन्,‘कालापानी भारतको भूभाग हो र यो भारतकै भूभागकारुपमा रहिरहनेछ।’

पछिल्लो समय कालापानी, लिम्पियाधुरा र लिपुलेकका कारण भारत र नेपालको सम्बन्ध चिसिएको छ । भारतीय पक्षले गरेको एकपक्षिय निर्णय आफुहरुलाई अमान्य रहेको नेपाल सरकारले बताउँदै आइरहेको छ ।

उनले कालापानीबाट सेना हटाउने कुरै नहुने समेत बताएका छन् । उनले कालापानीलाई लिएर नेपालका प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको कुनै अर्थ नरहेको समेत बताएका छन् ।

नेपालमा भने भारतले गरेको अति क्रमणको विरोध हुँदै आइरहेको छ । नेपालले कुटनीतिक तवरले समस्या हल गर्न चाहेको बताइरहँदा उनको यो अभिव्यक्तिले कुटनीतिक सम्बन्धमा थप समस्या उत्पन्न हुन सक्ने बताइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।