हिले बजारका ५ होटलमा स्टारवाला हरियो स्टिकर

शर्मिला राई, धनकुटा खबर । धनकुटाको पर्यटकीय स्थल हिले बजारका विभिन्न पाँच वटा होटलहरुमा गुणस्तर स्तरिकरण स्टिकर टाँसिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय धनकुटाको आयोजना तथा क्षेत्रीय होटल एशोसशएसन धनकुटाको समन्वयमा यहाँका निगाले होटल एण्ड लज, गजुर होटल, लेकाली होटल, होटल हिले भ्यू र होराईजन रिसोर्टमा गुणस्तर स्तरिकरण स्टिकर टाँस गरिएको हो ।

होटल स्तरिकरण तथा लोगो वितरण कार्यक्रमको उद्घाटन धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले गर्नुभएको थियो । जसअनुसार होटल सरसफाई एवम् व्यवस्थापनका कुराहरुलाई हेर्दा निगाले होटल र होटल हिले भ्यू उत्तम देखिएकाछन् । यी दुई होटलमा दुईवटा स्टार भएका हरियो स्टिकर टाँसिएको छ । भने अन्य तीन वटा होटलहरुले सन्तोष जनक स्थान प्राप्त गरेकाछन् ।

ती तीन वटा होटलमा एउटा स्टार भएको हरियो स्टिकर टाँसिएको छ । गुणस्तर स्तरिकरण मापदण्ड अनुसार सरसफाई एवम् अन्य व्यवस्थापन कम देखिएका होटलहरुलाई सुधारका लागि निर्देशन दिईएको छ । यो कार्यक्रम खाद्य ऐन २०२३ को नियमावली २०२७ को खाद्य स्वच्छताको आधारमा होटल रेष्टुरेण्ट स्तरिकरण सम्वन्धि निर्देशिका २०७४ अनुसार गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय धनकुटाका प्रमुख शिवशंकर मिश्रले जानकारी दिनुभयो ।

कार्यक्रममा धनकुटा नगरपालिका १ का कार्यवाहक वडाध्यक्ष लालचन गोङ्वा,खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलयका प्रमुख मिश्र, जिल्ला प्रशासन कार्यत्रलय धनकुटाका गजेन्द्र रम्तेल,राट्रिय उपभोक्ता मञ्च धनकुटाका अध्यक्ष विपिन कुमार श्रेष्ठ,क्षेत्रीय होटल एशोसिएशन धनकुटाका अध्यक्ष खगेन्द्र कुमार विष्ट, हिले प्रहरीचौकीका प्रतिनीधि लगायतको सहभागीता थियो ।

अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्य ४ भागमा विभाजन गरी गुणस्तर स्तरिकण गरिदै आएकोमा होटलहरुले वाहिरी परिधि सफा तथा फोहर मूक्त, सरसफाई गर्न प्रयोग गरिने रसायन तथा विषादीलाई खानेकुरा भन्दा टाढा लेवल लगाई भण्डारण गरिएको हुनुपर्ने, हात धुने नियमहरु देखिनेगरि भान्छा तथा सफा गर्ने ठाउँमा राखेको हुनुपर्ने, सरुवा तथा संक्रामक रोग लागेका कामदारहरुलाई पछिल्लो पटक त्यस्तो लक्षण देखिएको दिन देखि यता ४८ घण्टा सम्म काममा संलग्न नगराईनु पर्ने, विरामी कामदारको स्वास्थ्य परिक्षण गरिनु पर्ने, भान्सा, खाना खुवाउने स्थान र काउण्टरमा वसेर धुम्रपान गर्न, खान, थुक्न निषेध गरिएको हुनुपर्ने लगायतका ५० वटा मापदण्ड पूरा गर्नुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय धनकुटाले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖