बोकाले धो’का दिएपछि

प्रेम सुनार, बुटवल , मंसिर ४ । गुल्मीको एक गाउँमा कलाकार महजोडीको हाँस्य टेलिश्रृंखला ‘दशैं’ को कथामा जस्तै दशैमा का ट्न ठिक्का पारेको बोका हराएको छ । बोका कसैबाट चोरी भयो या कात गयो भन्ने वास्तविक घटना अझै पत्ता लाग्न सकेको छैन ।

दशंै पछिको तिहार पर्व गएको पनि यतिका दिन बितिसक्दा समेत गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर ३ जलुके गाउँका टेकप्रसाद न्यौपानेका परिवारले दशैंमा काट्न ठिक्क पारेको बोकाले धोका दिए पछि वडा कार्यालय देखि प्रहरी सम्म उजुरी गरेपनि पनि बोका चोरी गर्ने ब्यक्ति पत्ता लाग्न सकेको छैन् ।

टेकप्रसादका छोरा रामु न्यौपाने भन्छन –‘ माथि मैदान तिरबाट कार्तिक १६ गतेका दिन दशैमा काट्नका लागि १३ हजारमा बोका किनेर ल्याई गोठमा बाँधेका थियौं । किनेर ल्याएको तीनचार दिनपछि अष्टमीको विहान त्यस्तै १० बजेतिर काट्नका लागि खुकुरी उदाएर पानी तताएर ठिक्क पारेर गोठबाट बोका फुकाएर आँगनमा ल्यायौँ ।

त्यस पछि खुकुरी उचालेर छिन्न लागेको बेला बोका खुस्केर भाग्यो । हामी काटन लागेका चार पाँच जना बोकालाई पछ्उदै तिलाराको बनतिर दुई तिन घण्टासम्म खोज्न हिडियो । हामी भन्दा बोको धेरै अगाडी दौडेर कता भाग्यो–भाग्यो । हामीले भेटाउन नसकेपछि घर फर्केर आयौँ । दशै जस्तो चाडको बेला मासु खानु पर्नेमा आलु भुटेर खान खाईयो ।’

न्यौपानेको परिवारमा दशै मान्न छोरा छोरी अन्य आफन्त सहित दश बाह्र जनाको संख्यामा जुटेका थिए । चार पाँच घर छिमेकी पनि त्यहीँ बोकाको मासु कुरेर बसेका थिए । बोका काट्न साथ सुरुमा रक्ति भुट्टा बनाउने सुरुसारका लागि तेल , बेसार र मसाला ठिक्क पारिएको थियो । बालबालिका थप रमाईरहेका थिए । तर बोकाले यति धोका दियो कि दशैंभर खोज्दा पनि कतै भेटिएन ।

रामु न्यौपाने भन्छन ‘बोका नभेटिएला भन्ने अझैँ आश मरेको छैन । उनले घरको गरिबी सुनाउँदै थप्छन गरको अवस्था यस्तो छ, पहिला ईन्डियातिर काम गर्न गएको थिएँ । पछि मुसिकोट नगरपालिकाले लेन्थ वर्करको जागिर दिने भए पछि काममा लागियो । छ महिना सम्मबाटा बाटामा दुख मजदुरी गरेर दशैंका लागि किनेको बोका थियो त्यो । पसिना खेर जाँदैन कि भनेर अझै आश मरेको छैन । ’

करिव एक महिना पछि पोल खुल्यो

न्यौपानेको घरबाट बोका बेपत्ता भएको कुरा एककान दुईकान मैदान हुँदै गए पछि छिमेककी एक महिलाले करिव एक महिना पछि नजिकैको छिमेकी पेंगा गाउँका एक जना बिश्वकर्मा थरका व्यक्तिले न्यौपानेले काट्न लागेकै दिन बोका डोराउँदै हिडेको भनेर न्यौपाने परिवारलाई भनिन् ।

त्यसपछि ती बिश्वकर्मा थरका व्यक्ती वडा कार्यालय देखि प्रहरीको सोधपुछ छानबिनको दायरामा धाउनु पर्यो । मुसिकोट नगरपालिकावडा नम्वर ३ की वडाध्यक्ष कर्णध्वज जिसी भन्छन–‘ बोका हराएको धेरै दिन सम्म तिनै बिकले चोरेर दशै मनाए भन्ने आरोप न्यौपाने परिवारले लगाई राखेका छन् ।

हामीले प्रहरी समेत लगाएर सोधपुछ छानिविन गरिरहेका छौं । आरोपित ब्यक्ति अझै पनि हाम्रो अनुसन्धान कै दायरामा छन, उनले अस्वीकार गरेपछि अझै टुङ्घो लागेको छैन् । स्थानीय भद्रभलाद्का अनुसार पछि ती महिलाले पनि कुरा गर्दै आएकी छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।