प्रधानमन्त्री ओलीप्रति मेरो विश्वास झनै बढ्यो : जनार्दन शर्मा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले प्रधानमन्त्री केपी शर्मा ओलीप्रतिको विश्वास झनै बढेको बताउनु भएको छ । तत्कालिन समयमा नेकपा एमाले र माओवादीबीच एकता गराउन सक्रिय भूमिका खेल्नु भएका उहाले आजको सहमतिसँगै सो प्रतिक्रिया दिनु भएको हो ।

विगतमा कतिपय सहमति नभएको चर्चा चलिरहेका बेला पछिल्लो निर्णयलाई लिएर उहाले उल्लेख गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाले दुबै अध्यक्षहरुको बिचमा नयाँ विश्वास पैदा मात्र नभएर एकताले नयाँ उचाई हासिल गरेको पनि उल्लेख गर्नुभएको छ । साथै पार्टी अब दरिलो भएको भन्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने एकमात्र लक्ष्य बाँकी रहेको उल्लेख गर्नुभएको छ ।

यस्तो छ उहाको भनाई

कम्युनिस्ट आन्दोलन लाई एकिकृत गर्ने नेपाली जनताको सपना पुरा गर्ने काम मा हाम्रा नेताहरुको शाहसिक निर्णय बाट नेकपा निर्माण भयो। उक्त निर्णयका आधार तयार गर्ने क्रममा सकारात्मक वातावरण तयार पार्ने जिम्मा पुरा गर्दै गर्दा मलाई धेरैले प्रश्न गरेका थिए । यस्तो मुर्खतापुर्ण कदम किनरु मेरो बारेमा अध्यक्ष प्रचण्ड लाई चुग्लि गरे कसैले अध्यक्ष केपि लाई फसायको आरोप लगाए ।

मलाई थाहा थियो दुइ वटा नेताहरुको सम्पुर्ण वार्तामा म छु र सबै सब्द हेरेको छु सुनेको छु। मलाई मेरो आदर्णिय दुबै नेता प्रति विश्वास थियो।सैलि र बोलिमा आ ( आफ्ना बिशेषता भएता पनि आफ्नो बचनमा प्रतिबद्ध छन। मेरो बिश्वास लाई आजको निर्णयले साबित गरेको छ।

यसबाट अध्यक्ष के पि ओलि प्रति मेरो विश्वास थप बढेकोछ। यो बिचमा पार्टि भाड्ने फुटाउन चाहनेको तमाम खेलका म पुरै जानकार थिए र पार्टि एकता बचाउन मेरो एकजना मित्र सहित रातदिन लागि रहे । आज नेताहरुले सबै भ्रमहरु चिर्दै सहमति र समझदारी कार्यन्वयन को नयाँ उचाइ मा ल्याउनु भएको छ।

एस बाट दुबै अध्यक्ष हरुको बिचमा नयाँ विश्वास पैदा भएको मात्र छैनकि एकताले नयाँ उचाई हासिल गरेको छ । अध्यक्ष तथा सम्मानित प्रधानमन्त्री के पि ओलि र अध्यक्ष प्रचण्डको काँधमा आम जनताको जिवनमा खुसियालि ल्याउन र सम्वृधि नेपाल बनाउने अभियान लाई सफल पार्ने एक कार्यभार मात्र वाँकि छ। बलियो पार्टि र बलियो सरकार एसमा सफल हुनेछ । अध्यक्ष दुबैलाइ एकताको श्रेय युग युग सम्म जनाताले दिनेछन।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।