मन्त्रीबाट हटेपछि ४ कोठाको डेरा खोज्दै लालबाबु पण्डित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट हटाइएपछि लालबाबु पण्डित मन्त्री निवासबाट बाहिर डेरा खोज्दै छन् । मन्त्रीबाट हटेपछि एक दिन पनि सरकारी निवासमा बस्न नरुचाउने पण्डितले बिहीबार बिहानैदेखि नयाँ बानेश्वरस्थित संसद सचिवालय नजिकै डेरा खोजिरहेका छन् । ‘आफूसँग सवारी साधन नभएकाले हिँडेर संसद जाने सक्ने ठाउँतिर डेरा खोजिरहेका छौं’, लालबाबु पण्डितले क्यानाडानेपालसँग भने ।

बाँकी उनकै शब्दमा : बिहीबार बिहानैदेखि डेरा खोजिरहेका छौं । यसअघि तिनकुनेमा तीन कोठाको डेरा लिएर बसेको थिएँ । सानो महसुस भएकाले यसपटक चार कोठाको डेरा खोजेका हौँ । अघिल्लोपटक मन्त्रीबाट हटेपछि एक दिन पनि सरकारी निवास नबसी डेरामा सरेका थिएँ । तर, यसपटक मध्यरातमा थाहा पाएकाले बिहान उज्यालो हुने वित्तिकै संसद हिँडेर जान मिल्ने ठाउँतिर कोठा खोजिरहेको छु । पहिला तीन कोठामा भाडामा लिएर बस्दा साथी भाइ आउँदा र मिटिङ गर्दा बेडमा बस्नु परेको थियो । यस कारणले अहिले चारकोठा भाडामा लिन खोजेको हुँ ।

लालबाबु पण्डित परिवार अहिले आफ्नो सामान प्याक गरेर कोठा खोजीमा हिजो राती देखि लागेका छन् । कोठा पाउना साथ सरिहाल्ने मनस्थितिमा छन् पण्डित परिवार । अघिल्लो कार्यकाल सकिए संगै पण्डित आफ्नो कोठा मै फर्केका थिए भने यसपाली पुरानो कोठा छोडिसकेका कारण अहिले कोठा खोज्नुपर्ने अवस्थामा पुगेका हुन् । लालबाबु पण्डितका परिवार देखि ईष्टमित्रहरु अहिले कोठा खोज्न धमाधम लागिपरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।