धनकुटाको पाख्रीवासमा बन्दैछ ५ तले भ्यूटावर
पाख्रीवासको राम्चे डाँडामा निर्माणाधिन भ्यू टावरको निर्माण कार्य झण्डै पचास प्रतिशत पूरा
धनकुटा खबर । पर्यटक प्रवद्र्धनको गर्दै नगरको विकासमा टेवा पुर्याउने लक्ष राखी धनकुटाको पाख्रीवास नगरपालिका स्थितको राम्चे डाँडामा निर्माणाधिन भ्यू टावरको निर्माण कार्य झण्डै पचास प्रतिशत पूरा भएको छ ।
आर्थिक वर्ष २०७४/७५ को नगरपालिकाको १ करोड ३५ लाखको लागतमा भ्यू टावर निर्माण भईरहेको हो । जसअनुसार अहिले करिव आधा काम भएको नगरपालिकाका सूचना अधिकारी किरण राईले जानकारी दिनुभयो ।
वहुवर्षे योजना अनुसार निर्माण भईरहेको भ्यू टावर वनाउने जिम्मा जयन्ति कन्स्ट्रक्सनले लिएको छ । आउँदो असार महिना सम्म निर्माण पूरा गर्नुपर्ने यो भ्यू टावर २२ फुट गोलाईमा ५ तला अग्लो हुने नगर प्रमुख वृष वहादुर राईले वताउनुभएको छ ।

१८ सय ५२ मिटर उचाईको यो राम्चेडाडामा भ्यू टावर वन्दा त्यहाँ आउने पर्यटकहरुले नजिकका आकर्षक प्राकृतिक दृष्य,चियावगानका साथै मकालु हिम श्रृंखला,तराईका फाँट,संखुवासभा, भोजपुर लगायत जिल्लाका विभिन्न भू भागको अवलोकन गर्न पाउनेछन् ।
वहुवर्षे योजना अनुसार निर्माण भईरहेको यो टावरको काम गत आर्थिक वर्ष मै पूरा हुने अपेक्षा गरिएको भएपनि केही प्राविधिक समस्याको कारण ढिलो भईरहेको नगरपालिकाले जनाएको छ ।


