प्रधानमन्त्री ओली निडर र राष्ट्रप्रेमी नेता : डा. कुन्दन अर्याल (भिडियो सहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि निजी सचिवालयका सदस्य हटाउँदा प्रेस सल्लाहकार डा. कुन्दन अर्याल पनि बहिर्गमनमा परे । २१ महिना प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार रहका उनले सरकारको समीक्षा गरेका छन् ।

आफूलाई प्रेस सल्लाहकारबाट हटाएकोमा कुनै गुनासो नरहेको बताउने उनले प्रधानमन्त्री ओली निडर र राष्ट्रप्रेमी नेताको रुपमा चित्रण गरे । मुलुकको स्वाभिमानको रक्षादेखि जनताको चासो र आवश्यतालाई पूरा गर्न अग्रसर रहने प्रधानमन्त्रीको रुपमा ओलीलाई अघि सारेका उनले भारतले नाकाबन्दी लगाउँदा ओली दिल्ली पुगेर विरोध गरेको स्मरण गरे ।

वर्तमान सरकारले आम मानिस र मुलुकको आवश्यकता र दीर्घकालीन सकारात्मक प्रभावलाई ध्यानमा राखेर काम गरिरहेको बताएका उनले निर्मला पन्त प्र करणमा भने सरकार असफल जस्तो देखिएको बताए । यद्यपी यसमा पनि सरकार सफल हुने उनको दाबी छ । निर्मला पन्तको ब लात्कारपछि ह त्या भएको घ टनाका सम्बन्धमा अहिले पनि अनुसन्धान भइरहेकाले दो षी पत्ता लागेरै छाड्ने उनको भनाइ छ ।

विभिन्न राजनीतिक दलप्रति टिप्पणी गरेका प्रधानमन्त्री ओलीका पूर्व प्रेस सल्लाहकार डा. अर्यालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा नेतृत्वको अभाव रहेको बताए । यस्तै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लिएको ब म र बा रुदको राजनीतिले मुलुकलाई फाइदा नदिने उनको विश्वास छ ।

प्रेस सल्लाहकार रहँदा र अहिले देखिएको मुलुकको राजनीतिक अवस्था र सरकारको मुल्यांकनलगायतका विषयमा क्यानाडानेपालका सन्तोष निरौलाले डा. अर्यालसँग लिएको हेर्नुहोस् यो भिडियो अन्तर्वार्ता



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।