सागमा कुन खेल कहाँ हुँदैछ ? हेर्नुहोस्

काठमाडौं । सागको औपचारिक उद्घाटन मङ्सिर १५ गतेदेखि हुने भए तापनि भलिबल खेल भने मङ्सिर ११ गतेदेखि नै शुरु हुनेछ । भलिबल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् राखेपको कर्भडहलमा हुनेछ ।

यही मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना हुने सागमा विभिन्न २६ खेलमा प्रतिस्पर्धा हुने निश्चित भएको छ । जसमा आर्चरी, जुडो, क्रिकेट, फुटबल, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिन, फेन्सिङ, ह्याण्डबल, स्क्वास, गल्फ, उसु, तेक्वान्दो, टेनिस, सुटिङ, खोखो, पौडी र टेबल टेनिस छन् ।

त्यसैगरी एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते, भारोत्तलन, कुस्ती र ट्रायथोलन रहेका छन् । नेपालले यी सबै खेलमा सहभागिता जनाउनेछ । यसअघि २७ खेलमा सहभागिता जनाउने भनिए तापनि प्याराग्लाइडिङ खेल सागमा समावेश नभएपछि २६ खेलको टुङ्गो लागेको हो ।

सागको नियमानुसार प्रतियोगिता सञ्चालनका लागि कम्तीमा तीन राष्ट्रले भाग लिनुपर्ने हुन्छ, तर नेपाल र पाकिस्तानबाहेक अन्य राष्ट्रबाट खेलाडी दर्ता नहुँदा प्याराग्लाइडिङ खेल नहुने निश्चित भएको हो ।

सागअन्तर्गका खेल पोखरामा आठ, जनकपुरमा एक र काठमाडौँमा २१ खेल हुनेछ । आर्चरी, ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल,ह्याण्डबल, ट्रायथोलन, भलिबल र भारोत्तलन गरी आठ खेल पोखरामा हुनेछ भने कुस्ती खेल जनकपुरमा हुनेछ । बाँकी सबै खेल काठमाडौँमा हुनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।