तीन दिनसम्म व र्षा र हि मपातको स म्भावना,स तर्कता अ पनाउन महाशाखाको अ नुरोध

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशैभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आगामी तीन दिनसम्म मौसम बद्ली भई वर्षा र हिमपातको सम्भावना औँल्याएको हो । आगामी २४ घण्टामा देशका पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाको मौसमी प्रक्षेपणअनुरुप आज राति देशभर आंशिकदेखि सामान्य बद्ली रही पश्चिमी र मध्य पहाडी भू–भागमा एक/दुई स्थानमा हल्का वर्षा र पश्चिमी उच्च हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुनेछ । भोलि आइतबार पनि देशभर आंशिकदेखि सामान्य बद्ली रही पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिको समयमा पनि देशका मध्य र पूर्वी भूभागमा सामान्य बद्ली रही पश्चिमी क्षेत्रमा आंशिक बद्ली हुने छ । पूर्वी र मध्यपहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको र यहीक्रम ९ गते सोमबार पनि जारी रहने महाशाखाले विज्ञप्तिमा उल्लेख गरेको छ ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।