यु द्धमा पानी पनि न खाई देशका लागि नालापानीमा ल डेका वी र बलभद्रको स म्झना

काठमाडौं : वीर शहीद बलभद्र कुँवरको स’म्झनामा आज यहाँ विशेष कार्यक्रम गरिएको छ। अङ्ग्रेज सेनाका वि’रुद्ध उहाँको नेतृत्वमा गरिएको यु’द्धको स’म्झनामा यहाँ रहेका नेपालीले नालापानी किल्लामा पदयात्रा गर्नुका साथै मेला आयो जना गरेका छन् । यहाँ रहेका नेपालीले अङ्ग्रेज वि’रुद्ध यु’द्ध लडेको स’म्झनामा हरेक वर्ष पर्वका रूपमा नै कार्यक्रम गरेर बलभद्रको सम्झना गरे पनि नेपालमा कुनै कार्यक्रम गरिँदैन ।

गोर्खा डेमोक्रयाट फ्रन्ट देहरादूनका अध्यक्ष सूर्यविक्रम शाहीले बलभद्रका कारण संसारमा नेपाली वीर भनेर चिनिएको बताउनु भयो । उहाँले भन्नुभयो, “नालापानीमा जस्तो यु’द्ध कहीँ भएन, त्यसैले हरेक वर्ष गोर्खालीको वीरता र नालापानी यु’द्धलाई सम्झाउने गरेर कार्यक्रम गर्दछौँ ।” उहाँले नालापानीमा मात्रै उपल्लो तहका जनरल जिलेस्पी मा’रिएको र अङ्ग्रेजले आफ्नो श’त्रु गोर्खाली सेनाको सम्मानमा स्मा’रक बनाएको जानकारी दिनुभयो ।

“अङ्ग्रेजले नालापानी यु’द्ध पछि देहरादूनमा जिलेस्पी र बलभद्रको स्मा’रक बनाएर ‘वीर दु’श्मन’ भन्दै यु’द्ध कौशलको सम्मान गरेको भेटिन्छ”, उहाँले भन्नुभयो, “स्मारक अहिले देहरादूनमा हेर्न सकिन्छ, भारत सरकारले पनि स्मा’रक भएका क्षेत्र वरिपरि घेर बार लगाई संरक्षण गरेर राखेको छ ।” नालापानी यु’द्धको स’म्झनामा आज देहरादूनको खलङ्गा द्वारबाट नालापानी कि’ल्लासम्म झण्डै पाँच सय नेपालीले पदयात्रा गरेका छन् ।

नाला पानीमा सन् १८१४ देखि १८१६ सम्म गोर्खाली र अङ्ग्रेज बीच यु’द्ध भएको थियो । अन्तिम पटक अक्टोबर र नोभेम्बरमा यु’द्ध भएको थियो । त्यसैले देहरादूनका नेपाली समुदायले नोभेम्बर महिनामा विभिन्न कार्यक्रम गर्ने गर्छन् । आजै ऐतिहासिक नालापानी यु’द्धको अवसरमा ४५ औँ पटक खलङ्गा मेला पनि भएको छ । मेलामा नालापानी यु’द्धका बारेमा चर्चा गरिनुका साथै विभिन्न साँस्कृतिक कार्यक्रम गरिएका छन् ।

उक्त अवसरमा नेपाली समुदायका विभिन्न परिकार बनाएर वि’क्री वितरण पनि गरिएको छ। देहरादूनमा बसोबास गरेका नेपालीले गोर्खालीले हारेको नभई सुगौली सन्धिले गर्दा यु’द्ध रोकिएको बताएका छन् । वीर गोर्खा कल्याण समितिका महासचिव विशाल थापाले भन्नुभयो, “नालापानी यु’द्धका कमाण्डर बलभद्रले नालापानी कि’ल्ला छाड्दा ‘हामीले हारेका छैनौँ, किल्ला छा’डेर जान्छौँ’ भन्नुभएको इतिहास छ, बलभद्र सधैँ अङ्ग्रेजसँग ल’ड्नुपर्छ भन्दै पञ्जाबका राजा रणजीत सिंहका तर्फबाट लड्ने क्रममा अ’फगा’निस्तान मा मा’रिएको भन्ने इतिहास छ ।”

दुई सय वर्ष अघि यु’द्ध भएको नालापानी क्षेत्रको सं’रक्षण थालिएको छ । किल्लाको अ’वशेष नभए पनि नजिकै यहाँका नेपालीको पहलमा खलङ्गा यु’द्ध स्मारक बनाई नालापानी क्षेत्रको संर’क्षण गरिएको छ । नेपाली भाषीहरुको पहलमा झण्डै २५ लाख भारतीय रुपयाँको लागतमा १० वर्ष अघि उक्त स्मा’रक बनाइएको थियो । गोर्खाली सेनाले पू’जा गर्ने मन्दिर र अङ्ग्रेजको तो’पको गो’लाले फु’टाएको ठूलो ढु’ङ्गा अहिले पनि सुरक्षित राखेर संरक्षण गरिएको छ ।

यसका लागि भारत सरकारले आर्थिक सहयोग गरेको हो । देहरादूनमा झन्डै १० लाख नेपाली भाषीको जनसङ्ख्या रहेको बताइएको छ । अन्तर्राष्ट्रिय वीपी चिन्तन प्रतिष्ठान भारतका अध्यक्ष सन्दीप रानाले नालापानी किल्लाको सं’रक्षण गर्नु यहाँका नेपालीको दायित्व भएको बताउनु भयो । उहाँले भन्नुभयो, “सच्चा नेपालीका लागि नालापानी किल्ला तीर्थ हो, वीरहरुको अनुभव मात्र होइन नालापानीमा वीरता झल्किन्छ ।” उहाँले हरेक नेपालीले एक पटक नालापानीका बारेमा जान्नु अनिवार्य भएको बताउनु भयो । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।