अब धनकुटाको पाख्रीबासमा पनि ‘ट्री हाउस’
धनकुटा खबर । पर्यटकीय स्थल श्री संसारीमाईपूजा सिमसार क्षेत्र (ताल तलैया) पाख्रीवास नगरपालिका ४ धनकुटामा ट्री हाउसको सुविधा सहितको “ह्याङ आउट” नामक रिसोर्ट एण्ड रेष्टुरेण्ट सञ्चालनमा आएको छ ।
ईलामका कृष्ण चाम्लिङ राई, धनकुटाको महालक्ष्मी नगरपालिकाका कविराज राई र समर राईको संयुक्त लगानीमा रिसोर्ट सञ्चालन गरिएको हो । पर्यटकहरुको सेवालाई ध्यानमा राख्दै ७० लाख वढी को लगानिमा सञ्चालनमा ल्याईएको सुविधा सम्पन्न यो रिसोर्टको आज उद्घाटन गरिएको छ । रिसोर्ट उद्घाटन भए सँगै अव त्यहाँ आउने आगन्तुकहरुलाई खान, वस्न लागि सहज हुने अपेक्षा गरिएको छ ।

यस रिसोर्टमा आगन्तुकहरुले स्थानिय स्तरमा उत्पादित खानाका परिकारहरु लोकल चामल कै खाना देखी लिएर होमस्टेको वसाई,क्याम्प फायर,वाईनोकुलरको समेत सुविधा उपभोग गर्न पाउने रिसोर्टका सञ्चालक कृष्ण चाम्लिङ राईले वताउनुभयो । उहाँका अनुसार सेवाग्रहीको माग अनुसार यहाँ लोकल चामलको खाना, लोकल माछा,लोकल कुखुराको मासु सहितका परिकार खुवाईने छ ।

साथै कुनैपनि स्थानवाट पाख्रीवासको पर्यटकीय स्थलहरु भ्रमण अअवलोकनका लागि आउने जाने यात्रुहरुलाई यातायातको सेवा समेत उपलव्ध गराईने रिसोर्टका म्यानेजर कविराज राईले वताउनुभयो । यातायात सेवाका लागि रिसोर्टका सम्वन्धित व्यक्तिहरु सँग फोन गरी सम्पर्क गर्न सकिने उहाँले वताउनुभयो । रिसोर्ट उद्घाटनको अवसरमा आज साँझ वृहत साँङ्गितिक कार्यक्रम समेत सञ्चालन गरिएकाे छ ।



