पानीको मुल फु’टेसँगै जमिनमा धाँजा फा’टेर घर भ’त्किन थालेपछि – हेर्नुस् भिडियो
धनकुटा । सामान्यतया पानीको मुल बर्खामा मात्र फुटेने गर्छ । अनि पहाडि क्षेत्रको भिरालो जमिन पनि बर्खामै पहिरो जाने बेलामा धाँजाफाँट्ने गर्दछ । तर धनकुटाको साँगुरीगढि गाँउपालिका वडा नम्बर पाँच तुङ्खामा हिउद लागे संगै पानीको मुल फुटेर लेदो सहितको पानी जमिन बाहिर आउन थालेपछि तथा जमिन चिरा गर्न थाले पछि स्थानिय चिन्तित बनेका छन् ।
गत कार्तिक तिन गते स्थानिय आषमाया याख्खाको बारीमा बिस्फोटको आवाज सहित पानीको मुल फुट्यो । जसका कारण जग्गामा धाँजा फाट्नुको साथै घर समेत चर्कियो । केहि दिन पछि पानी बन्द भयो । तर कार्तिकको दोस्रो साता पुन पानी आउन थाल्यो । उनको घर र बारीमा झन बढि धाँजा फाटेको याख्खा बताउनु हुन्छ ।
याख्खा सहित अन्य केहि स्थानियको घर चर्किएको छ भने एक दर्जन भन्दा बढिको खेतबारीमा धाँजा फाटेको छ । तिन बर्ष अघि माघ महिनामा पनि सो स्थानमा यस्तै प्रकृतीको घटना घटेको स्थानिय बताउछन् । यहा पानी सुरुमा धेरै प्रेसरले निस्कने, पानी संगै लेदो निस्कने, तथा त्यहा निस्कीएको पानी सुरु सुरुमा गनाउने गरेको स्थानिय सुक्रराज लिम्बु बताउनु हुन्छ ।

सो मुल फुटेको ठाँउवाट लेदो सहितको पानी निस्कीए पनि त्यहा भन्दा करिब ३ सय मिटर वरपरका अन्य पुराना मुलवाट भने सङ्ंलो पानी आउने गरेको छ । गाँउमा घटेको सो अनौठो घटनाका कारण अहिले सो क्षेत्रमा त्रास उत्पन्न भएको छ । सोहि घटनाका कारण गाँउमा बस्न समस्या भएको स्थानिय सुरेन्द्र याख्खा बताउनु हुन्छ ।
अनौठो लक्षण सहित बर्खामा समेत नफुटेको पानीको मुल हिउद लागे पछि फुटेर जमिन समेत चिरा पर्न थालेपछि स्थानियमा अहिले त्रास फैलिएको हो । आफुहरुले सो स्थानमा सुरक्षित महसुस गर्न नसकेको भन्दै बिज्ञ सहितको टोली आएर अध्यान अनुसन्धान गनुपर्र्ने माग गरेका छन् ।


