चुलाचुली खुल्ला नकआऊट फुटबलमा धनकुटाको देउराली क्लव विजयी

धनकुटा खबर, मंसिर ९ । बाला चर्तुदशी मेलाको अवसरमा धनकुटाको छथरजोरपाटी गाउँपालिका चुलाचुली खेल मैदानमा सञ्चालन भएको खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता को जीत धनकुटा नगरपालिका ७ देउराली यूवा क्लवले हाँसिल गरेको छ ।

प्रतियोगिताको फाईनलमा आज बुढा सुब्बा यूवा क्लब छथरजोरपाटी १ सँग भीडेको देउराली ३ को विरुद्ध ४ गोल लगाउदै जीत हाँसिल गरेको हो । जीत सँगै उस्ले नगद रु ३० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।

दोश्रो स्थानमा चित्त वुझाएको बुढा सुब्बा यूवा क्लब छथरजोरपाटीले नगद रु २० हजार सहित ट्रफी मेडल तथा प्रमाणपत्र पाएको चुलाचुली यूवा क्लबका अध्यक्ष पदम श्रेष्ठले जानकारी दिनुभयो । चुलाचुली यूवा क्लब छथरजोरपाटी गाउँपालिका ३ र ५ को संयूक्त आयोजनामा सञ्चालित फुटबल प्रतियोगिता समापन भएको छ ।

प्रतियोगिता समापन चुलाचुली यूवा क्लबका अध्यक्ष पदम श्रेष्ठको अध्यक्षता तथा छथर जोरपाटी गाउँपालिका प्रमुख शेर बहादुर लिम्बु को प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिका प्रमुख लिम्वुले गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ बाट एक वडा एक खेलमैदान निर्माणको योजना ल्याइसकेको जानकारी गराउनुभयो ।

उहाँले गाउँपालिका स्तरीय खेल मैदान सिधुवा बजारमा निर्माण गरिने समेत जानकारी गराउनु भयो । गाउँपालकिाको प्रत्येक वडामा एक खेल मैदान अभियान मार्फत गाउँपालिका भित्र रहेका खेलाडिहरु र खेलकुद क्षेत्रमा अगाडि बढाउने लक्ष रहेको बताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।